एनआरएन अध्यक्ष भन्छन्, ‘नेपालीलाई स्वदेशमै रोजगारी चाहिन्छ’

काठमाण्डु टुडे २०७० चैत २ गते १०:५४ मा प्रकाशित

म्याग्दी, २ चैत– गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेले नेपालमा रोजगारी सिर्जनाका लागि लगानी बढाउनुपर्ने बताएका छन् ।
shesh_ghaleम्याग्दीको गलेश्वरमा एनआरएन बेलायतको सहयोगमा निर्माण हुन लागेको वृद्धाश्रम भवन शिलन्यास गर्दै उनले बेरोजगारीको खोजिमा विदेशिन बाध्य युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना नगरेसम्म नेपालको आर्थिक र सामाजिक विकास सम्भव नरहेको बताए ।

सरकारले जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानीको वातावरण बनाउन सके  स्वदेशमै प्रसस्त रोजगारी सिर्जना हुने उनको भनाइ थियो । एनआरएन  बेलायतका अध्यक्ष योगेन्द्र क्षेत्रीले ७२ लाखको लागतमा वृद्धाश्रम भवन निर्माण गर्न लागिएको जानकारी दिए ।

सत्रकोठे वृद्धाश्रमको निर्माणकार्य आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us