ओबामा र पुटिन वीच ९० मिनेट वार्ता

काठमाण्डु टुडे २०७० फागुन १८ गते ९:५७ मा प्रकाशित

रुसी संसदले युक्रेनमा सैन्यबल प्रयोग गर्ने अनुमति दिएपछि युक्रेनले आफ्नो देशका सुरक्षा फौजलाई सर्तक र तम्तयार अवस्थामा राखिएको बताएको छ।

युक्रेनका अन्तरिम राष्ट्रपति ओलेक्जान्डर टुर्चिनोभले परमाणु उर्जा केन्द्र लगायतका संवेदनशील क्षेत्रहरुमा समेत सुरक्षा सतर्कता बढाइएको बताए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी चासोका विषयहरुको रक्षाको निम्ति थप सेना परिचालन गर्न अनुरोध गरेका छन्। रुसको पछिल्लो कदमप्रति पश्चिमा देशका नेताहरुले चिन्ता व्यक्त गरेका छन्।vladmir-putin

तनावका माझ रुसी राष्ट्रपति पुटिनले टेलिफोनमा अमेरिकी राष्ट्रपति ओबामासंग ९० मिनेट लामो कुराकानी गरेका थिए। त्यस क्रममा युक्रेनमा आफ्नो चासो र त्याहाँका रुसी भाषिहरुको सुरक्षा गर्ने अधिकार क्रेमलिनसंग भएको स्पष्ट पारेको बताइएको छ।

राष्ट्रपति ओबामाले चांही रुसलाई युक्रेन सरकारसँग छलफल गर्न जोड दिदैँ रुसले युक्रनेको सार्वभौमसत्तामाथी अतिक्रमण गरे त्यसले मस्कोलाई राजनीतिक र आर्थीक रुपमा थप एक्लाउने बताएका थिए।

राष्ट्रसंघिय सुरक्षा परिषदको आपतकालीन सत्रमा संयुक्त राज्य अमेरीकाले युक्रेनको अवस्थाबारे अवस्थालाई अनुगमन गर्न राष्ट्रसंघका पर्यवक्षकहरुलाई त्यहाँ पठाउनु पर्ने माग गरेको छ।

सो सत्रमा बोल्दै राष्ट्रसंघको लागि अमेरिकी राजदूत समान्था पावरले युक्रेनमा रुसी सैन्य कारवाही गर्न अनुमति दिने निर्णय खतरनाक भएको बताइन्।

“यो खतरनाका मात्रै छैन यस्ले अस्थीरता पनि ल्याउनेछ, यो समय युक्रेनमा रुसी सैन्य क्रियाकलाप रोक्ने बेला हो।” पावरले बताइन् “रुस रोकिनु पर्छ र युक्रेनी जनताका भावनाहरुको कदर हुनु पर्छ।”

तर रुसी राजदुत भिताली चर्कीनले रुसी कदमको बचाउ गरे।“म के स्पष्ट पार्न चाहान्छु भने सैन्यबलको प्रयोग युक्रेनी बिरुद्ध नभइ युक्रेनको भुभागमाथी हुन सक्छ।”

क्राइमियाका रुसी सैन्य गतिविधि बढेपछि उत्पन्न तनावका माझ क्राइमियाका नवनियुक्त प्रधानमन्त्री सर्गेइ एक्सियोनोभले सो प्रायदिपमा मार्च ३० तारीखका जनमत संग्रह हुने बताएका छन्। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us