मलेसियामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति

काठमाण्डु टुडे २०७० फागुन ३० गते ४:०४ मा प्रकाशित

खोटाङ, ३० फागुन–मलेसियामा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारले क्षतिपूर्ति पाएका छन् ।
गत मंसिर ९ गते मलेसियामा भएको सडक दुर्घटनामा ज्यान गुमाएका रतन्छा–२ का हरिप्रसाद फुयालका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ५० हजार र बीमा कम्पनीबाट सात लाख चार हजार गरी आठ लाख ५४ हजार क्षर्तिपूर्ति पाएका हुन् ।

सिडिसी कम्पनीमा कार्यरत फुयाँलको घरमा पैसा पठाएर डेरा फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

छुट्टीमा घर आएर पुन: मलेसिया फर्किएको एक वर्ष नबित्दै फुयाँलको दुर्घटनामा ज्यान गएको थियो । कामदारहरुलाई खाना पकाउने काम गर्दै आएका फुयाँलको शव माघ ९ गते स्वदेश ल्याइएको सुरक्षित आप्रवासन परियोजना दिक्तेलका कार्यक्रम संयोजक नवीन्द्र राईले जानकारी दिए ।

हाल उनी कार्यरत कम्पनीबाट पाउन बाँकी तलबका लागि दाबीको पहल थालिएको राईको भनाइ छ । मृत्यु भएको तीन दिनपछि मृतक परिवारले शव स्वदेश ल्याउनका लागि भन्दै सूचना केन्द्रसमक्ष निवेदन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us