नेपालमा चाभेजको स्मृति दिवस मनाइने

काठमाण्डु टुडे २०७० फागुन १८ गते ५:३३ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजको प्रथम स्मृति दिवस नेपालमा पनि मनाइने भएको छ ।
chavejएकीकृत माओवादीको विदेश विभागले आगामी २१ फागुनमा कार्यक्रम गर्न लागेको हो ।

माओवादी विदेश विभाग सदस्य युवराज चौलागाईंले चाभेजले चलाएको साम्राज्यवावविरोधी अभियानप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश विभाग प्रमुखसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र स्वतन्त्र बाम तथा समाजवादी चिन्तकहरु सहभागी हुने जानकारी उनले दिए ।

चाभेजको गत वर्ष मार्च ५ मा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us