विकास सिक्न किसानहरु दक्षिण कोरियामा

काठमाण्डु टुडे २०७० फागुन २८ गते ७:४८ मा प्रकाशित

सोल, फागुन- कृषि मार्फत दक्षिण कोरियाले गरेको बिकासको मोडल सिक्न नेपालका किसानहरु दक्षिण कोरिया पुगेका छन । चितवनको पिप्ले नमूना सेमाउल (नयाँ गाउँ अभियान)को १२ जनाको टोली बिकासको मोडल सिक्न दक्षिण कोरिया पुगेको हो ।semaul

मंगलबार कोरिया पुगेको टोली आगामी मार्च २४ तारेखसम्म कोरियाका बिभिन्न स्थलको भ्रमण गर्नेछ । नेपाल सेमाउलका अध्यक्ष नवराज पन्तका अनुसार टोलीमा ६ जना सहकारीमा आबद्ध किसान,तीन जना शिक्षक,एक जना पिप्ले नयाँ गाउँ अभियानका कर्मचारी,एक जना नेपाल सेमाउलका अगुवा र एक जना कोइका स्वयंम सेवक छन । उनीहरु सेमाउलको अन्तराट्रिय तालिम लिएर फर्कने छन ।

पन्तका अनुसार उनीहरुले कृषि मार्फत कसरी देशको बिकास गर्न सकिन्छ भन्ने बारेमा सिक्नेछन । सन ५० को दशकमा नेपालबाट चामल लगेर खाएका दक्षिण कोरियाली अहिले संसारका धनी नागरिक भित्र पर्दछन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us