अमेरिका र चीन वीचको सम्बन्ध चिसिन थाल्यो

काठमाण्डु टुडे २०७० फागुन १२ गते १७:२७ मा प्रकाशित

काठमाण्डु १२ फागुन तिब्बतका धार्मिक नेता दलाई लामालाई अमेरिकी राष्टपति बाराक ओबामाले भेटेपछि चीनसँगको अमेरिकी सम्बन्ध चिसिएको छ । तिब्बतको बिषयमा अमेरिकाले आफनो तर्फबाट हस्तक्षेपकारी भूमिका पर्दशन गर्न थालेपछि चीन र अमेरिका वीचको सम्बन्ध चिसिएको हो । अमेरिकाले गोप्य रुपमा गर्दै आएको काम पनि अहिले खुला रुपमा गर्न थालेको छ । त्यसको पछिल्लो उदाहरणमा तिब्बती समुदायका बिद्यार्थीलाई दिदै आएको छात्रबृत्ति कार्यक्रम हो ।
अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोले सन् २०१५ का लागि तिब्बती छात्रवृत्ति कार्यक्रमको लागि आवेदन खुला गरेको छ । सन १९८८ देखि तिब्बती समुदायका बिद्यार्थीलाई गोप्य रुपमा दिदै आएको सो छात्रबृत्तिलाई अमेरिकाले पहिलो पटक सार्वजनिक रुपमा आब्हान गरेको हो ।
काठमाण्डुस्थित अमेरिकी दुतावासका अनुसार छात्रवृत्ति कार्यक्रम ब्युरोद्वारा प्रायोजित र केन्द्रीय तिब्बती प्रशासनको शिक्षा विभागसँगको सहकार्यमा द टिबेट फण्डसँगको साझेदारी र सहमतिमा सञ्चालित कार्यक्रम हो । भारत र नेपालका तिब्बती विद्यार्थीहरूलाई अमेरिकामा उच्च शिक्षाको लागि छात्रवृत्तिको अवसर प्रदान गर्ने उद्देश्यले अमेरिकी विदेश मन्त्रालयले सन् १९८८ देखि तिब्बती छात्रवृत्ति कार्यक्रम शुरु गरेको हो ।
अधिकांश विद्यार्थीहरू अमेरिकाका विश्वविद्यालयहरूमा दुई वर्षे स्नातकोत्तर कार्यक्रमका लागि जान्छन् । सन् २०१२ देखि नेपालका तिब्बती विद्यार्थीहरूलाई पनि छात्रवृत्तिको अवसर प्रदान गरिए यता दुईजना विद्यार्थी उच्च शिक्षाका लागि अमेरिका गईसकेका छन् । अमेरिकामा स्नातकोत्तर डिग्री हासिल गरिसकेपछि विद्यार्थीहरूले आफ्नो समुदायमा फर्की आफूले हासिल गरेको अनुभव र शिक्षा सकारात्मक परिवर्तनका लागि प्रयोग गर्ने अपेक्षा कार्यक्रमले राखेको दुतावासले जनाएको छ । आवेदनको अन्तिम मिति २०७० चैत १७ गते रहेको छ ।
अमेरिकी राष्टपति बाराक ओबामाले शनिवार तिब्बती नेता दलाई लामासँग भेटेपछि चीन अमेरिका प्रति आक्रोशित हुँदै आएको छ । दलाई लामाले मध्यमार्गी बाटोबाट तिब्बती समस्याको समाधान खोज्ने बिषयमा ओबामाले समर्थन जनाएका छन ।
दलाइ लामाको नेतृत्वमा स्वतन्त्र तिब्बतका नाममा सञ्चालन गरेको हिंसात्मक बिद्रोहलाई चीनले असफल पारेको थियो । चीनको संबिधान अनुसार नै बिशाल तिब्बतको उच्च स्वशासनलाई व्यवहारमा उतार्नुलाई दलाई लामाले मध्यमार्गी बाटोको रुपमा व्याख्या गरेपनि चीनले लामो नियत माथि शंका व्यक्त गर्दै आएको छ । लामाको मध्यमार्गी बाटोलाई चीनले चिनिया कम्युनिष्ट पार्टीको नेतृत्व अस्वीकार गर्ने,समाजवादी प्रणाली लागू नगर्ने,राष्टको एकीकृत आदेश र नीति लागू नगर्ने,चीनको सेना र अन्य जाती समुदायका मानिस तिब्बतमा प्रवेशमा निषेध गर्ने गरी देश भित्र देशको नीतिको रुपमा अथ्र्याएको छ ।
चिनिया मिडियाले ओबामा र दलाई लामा वीचको वार्तालाई चीन बिरोधी हास्य नाटकको रुपमा बिश्लेषण गरेका छन । सन १९५९ मार्च १० मा दलाई लामाको बिेद्रोह असफल भएपछि उनी बिदेशमा शरणार्थीको रुपमा बस्दै आएका छन । दलाई लामाले अन्तराष्टिय मञ्च प्रयोग गरेर चीन बिरोधी अन्तराष्टिय शक्तिबाट समर्थन लिइ चीन सरकारलाई दबाब दिएको छ । साथै लामो समयदेखि अमेरिका दलाई समूहको मुख्य दाता मुलुक हो । अमेरिकाले आफनो रणनीतिक फाइदाका कारणले दलाई समूहलाई समर्थन दिएको छ चाइना रेडियो इन्टरनेशनलले लेखेको छ तिब्बत स्वतन्त्र हुने राजनैतिक लक्ष्यका लागि दलाई समूहको गतिबिधि अवश्य नै बिफल हुनेछ । दलाई समूहको प्रयोग गरेर केहि मुलुक चीनलाई पृथक र चीनको बिकासलाई रोक्ने अभिप्राय पनि बिफल हुनेछ ।
ल्हासा पर्यटन व्यूरोका अनुसार सन २०१३ मा ल्हासा भ्रमण गर्ने  र बिदेशी पर्यटकको संख्या ७९ लाख ८९ हजार चार सय पुगेको छ । यो संख्या सन २०१२ को भन्दा २२.७६ प्रतिशत बढी हो । ल्हासा भ्रमण गर्ने पर्यटकबाट आठ अर्व २१ करोड ६० लाख चिनिया युआन आम्दानी भएको पनि व्यूरोले जनाएको छ । सो आम्दानी पनि अघिल्लो बर्षको भन्दा २५.४७ प्रतिशत बढी हो । ल्हासाको आर्थिक बिकास र रोजगारी प्रबद्र्धन गर्ने मुख्य उद्योग पर्यटनलाई नै मानिएको छ ।
आगामी मार्च २ मा तिब्बती नयाँ बर्ष हो । आजकल ल्हासामा बढी पर्यटक देखिन थालेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us