कुवेतमा एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७० माघ १० गते १४:०१ मा प्रकाशित

रौतहट, १० माघ – वैदेशिक रोजगारीका लागि कुवेत पुगेका चन्द्रनिगाहपुरका एक व्यक्तिको मृत्यु भएको छ । कुवेत पुगेका चन्द्रनिगाहपुर गाविस वडा नं ६ का ३२ वर्षीय रामचन्द्र गोसाईं मृत्यु भएको परिवारले जनाएको छ ।

उनी मङ्सिर २७ गते वैदेशिक रोजगारीका लागि कुवेतको अलमराठी क्लिनर कम्पनीमा काम गर्न गएका थिए ।

खाना खाएर सुत्न गएका रामचन्द्र केहीबेरपछि पेट दुखेर कराउन थालेपछि साथीले उनलाई नजिकैको अस्पताल लाँदा बाटामा नै उनको मृत्यु भएको रामचन्द्रका साथी शेष इम्तियाजले जनाएका छन् । मृतकका बुबा विन्देश्वरले छोराको शव नेपाल ल्याउनका पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us