पत्नीको तनावका कारण के गरे रवीन्द्रले ?

काठमाण्डु टुडे २०७० माघ १७ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, १७ माघ – पत्नीको तनावमा धेरै मानिसले आत्महत्या गरेका छन् । धेरैले श्रीमतीले दिएको तनावले घर छोडेर हिँडेका छन् । भारतमा पनि एक व्यक्तिले श्रीमतीले दिएको तनावका कारण तमासा मात्रै देखाएनन्, आत्महत्याको प्रयास पनि गरे । पत्नीको तनावले गर्दा भरतका एक व्यापारी विहान सबेरै रक्सी सेवन गरेर कृष्णपुरा पुलबाट हामफाले ।

मानिसहरुले उनलाई बचाए र प्रहरी चौकीसम्म पु¥याए । प्रहरीले सोधपुछ गर्दा उनले प्रहरीलाई नै गाली गर्न थाले । यो केश वेकटेस निवासी रवीन्द्र परामारको । परमादको घरमा दुईटी पत्नीका कारण दिनहुजसो तनाव भइरहन्छ । झगडाका कारण तनावमा रहेका उनले विहानैदेखि रक्सी सेवन गर्न थाले । त्यसपछि उनी कृष्णपुरा पुल पुगेर हंगामा मच्चाउन थाले ।

दोस्री पत्नीका कारण आफू तनावमा रहेको उनको भनाइ थियो । मानिसहरुले उनलाई हामफाल्दै गार्दा देखे र तल झरी उनलाई बचाए । यतिकै पनि नालाको रुप लिइसकेको खान नदीमा पानीको ठाऊँमा यति धेरै फाहोर थियो कि परमारको कँहि चोटसम्म पनि लागेन । मानिसहरुले उनलाई एमजी रोड चौकीमा लगे चौकीमा प्रहरीले नाम ठेगाना सोध्दा पहिले त उनले सबैकुरा बताए तर त्यसपछि जब धेरै सोधपुछ हुन थाल्यो उनले प्रहरीलाईनै गाली गर्न थाले ।

प्रहरीको भनाइ थियो, ती व्यापरी नसामा छन् । उनी यतिमात्र भनिरहेका थिएकी म मेरी दोश्री श्रीमतीका कारण टेन्सनमा छु र मर्न चाहान्छु । उनले चौकीमै आफ्ना सबै कपाडा खोले प्रहरीले सम्झाउँदा पनि उनले कपडा लगाउन मानेनन । दिउँसो एमवाइएच मा उनको मेडिकल परीक्षण गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us