मलेसियामा मृत्यु भएकाको परिवारमा बिचल्ली

काठमाण्डु टुडे २०७० माघ १९ गते ७:२५ मा प्रकाशित

बागलुङ, १९ माघ–पैसा कमाउन तीन वर्षअघि मलेसिया पुगेका यहााका एक युवकले उतै ज्यान गुमाएपछि उनको परिवार बिचल्लीमा परेको छ ।
जिल्लाको धम्जा गाविसका ३८ वर्षीय नन्दलाल विश्वकर्माको गत पुस २६ गते मृत्यु भएको थियो ।

साँझ खाना खाएर सुतेका विश्वकर्मा बिहान मृत अवस्थामा फेला परेका थिए । नन्दलालको काजकिरिया गर्नसमेत परिवारमा आर्थिक सङ्कट आइलागेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण जातीय संस्कारअनुसार काजकिरिया गर्नसमेत समस्या भएकाले तत्कालका लागि किरिया खर्च र परिवारको लालनपालन तथा बालबच्चाको शिक्षादीक्षाका लागि सहयोग सङ्कलन गर्न यहाा सहयोग समिति गठन गरिएको छ ।

स्थानीय युवाहरूको प्रयासमा गठित राहत सङ्कलन समितिले देश विदेशबाट सहयोग सङ्कलन गर्न गाउादेखि सहरसम्म अभियान थालेको समितिका संयोजक कुलबहादुर विश्वकर्माले बताए ।

ऋणधन गरेर तीन वर्षअघि कुुनाल ओभर्सिजबाट रोजगारीका लागि उनी मलेसिया पुगेका थिए । मलेसियामा रहेका नेपालीले आर्थिक सङ्कलन गरी मृत्यु भएको १८ दिनपछि मात्र उनको  शव नेपाल पठाएका थिए । केही दिनअघि मात्रै नन्दलालको अन्त्येष्टि गरिएको थियो । छोरा र एक छोरी रहेका मृतक विश्वकर्माकी पत्नी भीमकुमारी पनि एक वर्षदेखि पेट र घााटीको समस्याबाट थलिएकी छन् ।

बस्ने बास र खाने गाासको टुङ्गो नभएका विश्वकर्मा परिवार अहिले अधियाँमा काम गरेर एक गोठमा बस्दै आएका छन् । विश्वकर्मा परिवारले काजकिरिया र बालबच्चाको पठनपाठनका लागिसमेत समस्या भएकाले सहयोग जुटाइदिन सबै पक्षसाग आग्रह गरेको छ ।

विश्वकर्माले यसअघि घरमा पठाएको रकम पनि मलेसियामा रहेका साथीहरूबाट सापटी गरेर पठाएको पाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us