
पोखरा, २३ पुस–हिमाल आरोही अस्ट्रेलियाका नागरिकद्वय डेबिड र डेनीले कास्कीको छिनेडाँडामा रहेको बालगृहलाई ५२ लाख रुपैयाँ सहयोग गरेका छन् । अस्ट्रेलियामा स्नातकोत्तरमा अध्ययनरत उनीहरुले अस्ट्रेलियामा सहयोगार्थ कार्यक्रम र हिमाल आरोहणको अभियान सञ्चालन गरेर ४० हजार युरो विभिन्न चरणमा सङ्कलन गरेका थिए ।
बालबालिका विकास केन्द्र परियोजनामा अनाथ र असहाय गरी १७ बालबालिका रहेका छन् । हिमाल आरोहणका क्रममा नेपाल आउँदा सो बालगृहमा रहेका बालबालिकाको दयनीय अवस्था देखेर आवाससहितको शिक्षाका लागि सहयोग गरेको उनीहरुको भनाइ छ ।