भारतका सबै सरकारी बैंक बन्द

काठमाण्डु टुडे २०७० पुष ३ गते २:२५ मा प्रकाशित

bank-strike-नयाँदिल्ली, ३ पुस–भारतका सबै सरकारी बैंकहरु बुधबार बन्द भएका छन् । तलब बृद्धिको माग गर्दै बैंकका कर्मचारीहरुले कामकाज ठप्प पारेपछि बुधबार एक दिन कारोबार बन्द भएको हो ।

बैंक कर्मचारी र भारतीय बैङ्क्स एसोसियशन (आईबीए)बीच समस्या समाधानको लागि वार्ता भए पनि असफल भएको थियो । आईबीएले ५ प्रतिशत तलब बढाउन प्रस्ताव गरे पनि कर्मचारीहरुले अस्वीकार गरेका थिए । भारतमा २७ सरकारी बैंक छन् । ति बैंकहरुमा ८ लाख कर्मचारी कार्यरत छन् । तस्वीर : आजतक

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us