प्रवास

उत्तर कोरियाद्वारा दक्षिण कोरिया माथि आक्रमण गर्ने चेतावनी

२०७० पुष १ गते १५:५६

सोल, १ पुस–दक्षिण कोरियाको उत्तर कोरियासँगको अग्र भागमा रहेको बाएङएओङ द्वीपमा उत्तर कोरियाबाट त्यहाँ रहेका सैनिकमाथि आक्रमण हुनसक्ने चेतावनी दिइएको हजारौँ पर्चाहरू खसाइएको समाचार प्राप्त भएको छ । दक्षिण कोरियाको नौसेनाको एक एकाइले ती पर्चा प्राप्त गरेको जानकारी योनहाप समाचार संस्थाले दिएको छ ।...

सैनिक विद्रोह पराजित गरेको राष्ट्रपतिको दावी

२०७० पुष १ गते १५:४१

जुबा, १ पुस–नवस्वतन्त्र मुलुक दक्षिणी सुडानका राष्ट्रपति साल्भा किरले सोमबार राजधानीमा कडा भिन्डन्तपछि आफूले सैनिक विद्रोहलाई पराजित गरिदिएको बताएका छन । नगरको केन्द्र नजिकै सैनिक ब्यारेकमा मध्यरातअगाडि सङ्घर्ष आरम्भ भएको र नगरभर फैलिएको कूटनीतिज्ञ तथा प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले मेसिनगन तथा क्षेप्यास्त्र प्रयोग...

दिल्ली सामुहिक बलात्कारको एक बर्ष

२०७० पुष १ गते ३:५२

नयाँदिल्ली, १ पुस– बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाए पनि भारतमा यौन हिंसा नरोकिएको अधिकारीहरुले बताएका छन् । गएको बर्ष राजधानी नयाँदिल्लीमा बसभित्रै एक युवतिमाथि भएको सामुहिक बलात्कार भएपछि कानुनमा संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गरिएको थियो । कानुनमा कडाइ गरिए पनि व्यवहारमा भारतमा महिला,...

बंगलादेशमा थप १३ जना र सिरियामा १५ जनाको मृत्यु

२०७० मंसिर ३० गते १७:२८

ढाका, ३० मंसिर–बङ्गलादेशमा प्रमुख इस्लामी नेता अब्दुल कादर मुल्लालाई मृत्युदण्ड दिइएपछि निरन्तरको विरोध प्रदर्शनमा शनिबार राती थप १३ व्यक्तिको मृत्यु भएको छ भने प्रधानमन्त्री सेख हसिनाले प्रदर्शनकारीमाथि कारवाही गर्ने चेतावनी दिएकी छन । मुल्लालाई सन् १९७१ मा स्वतन्त्रताको युद्धमा आमहत्या गरेको आरोपमा मृत्युदण्ड दिइएपछि...

मृत्यु दण्ड सुनाइएका नेपालीले पाए आममाफी

२०७० मंसिर २९ गते ५:०३

युएई २९ मंसिर – आफूसँगै काम गर्ने नेपाली हत्या आरोपमा इमिरेट्स (युएई) को जेलमा रहेका एक नेपालीले आममाफी पाएका छन् । हत्यामा संलग्न रहेको आरोपमा मृत्युदण्डको फैसला सुनाइएका पर्वत चित्रे–४ का दुर्गाबहादुर सुनारलाई त्यहाँको अदालतले आममाफी दिएको हो । आममाफी पाएसँगै सुनार घर फर्कने...

बढी आप्रवासनमा गएको मुलुकमा नेपाल

२०७० मंसिर २८ गते ९:१५

काठमाण्डु, २८ मंसिर– श्रम तथा रोजगार मन्त्रालयले बिदेसिएका नेपालीसमेतको तथ्याङ्कबाट जनसङ्ख्याको अनुपातमा सबैभन्दा बढी मानिस आप्रवासनमा गएको मुलुकका रुपमा नेपाल रहेको जनाएको छ । मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले श्रम स्वीकृति नलिई विदेश गएका, भारतमा श्रमका लागि गएका, अमेरिका, युरोपलगायत महादेशमा अध्ययन, व्यापारव्यवसाय तथा स्थायी...

डिसेम्बर २५ मा हुने नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको साधारणसभामा नेता शर्मा

२०७० मंसिर २७ गते १९:०८

आन्त्वयरपेन  २८ मंसिर–नेपाली जनप्रगतिशल मञ्च बेल्जियमको  बार्षिक साधारण सभा एकिकृत नेकपा माओबादीका नेता तथा अन्तराष्ट्रिय बिभागका ईन्चार्ज दिनानाथ शर्माको प्रमुख आतिथ्यमा हुन लागेको छ । आन्त्वयरपेन डिसेम्वर २५, २०१३ मा हुने सो साधारणसभाका लागि नेपाल सरकारका भुतपुर्व शिक्षा मन्त्री दिननाथ शर्मा बेल्जियम पुगिसेका छन...

२३ करोड बालबालिकाको जन्म दर्ता छैन

२०७० मंसिर २७ गते ८:५८

काठमाण्डु, २७ मंसिर– विश्वभरका करिब २३ करोड बालबालिकाको जन्मदर्ता नभएको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले हालै सार्वजनिक गरेको तथ्यांकमा विश्वका हरेक तीन बालबालिकामा एक जनाको जन्मदर्ता नभएको उल्लेख छ । विश्वका १ सय ६१ राष्ट्रका बालबालिकामा अनुसन्धान गरिएको थियो ।...

उरुग्वेमा गाँजा बैधानिक

२०७० मंसिर २७ गते १:५२

काठमाण्डु, २७ मंसिर–विश्वभर लागुऔषधका रुपमा प्रयोग हुने भएका कारण प्रतिबन्धित बनेको गाँजा किनबेच तथा प्रयोगलाई वैधानिकता प्रदान गर्ने उरुग्वे पहिलो राष्ट्र बनेको छ । उरुग्वेली संसदले गाँजा व्यापार तथा प्रयोगलाई वैधानिकता प्रदान गर्ने अध्यादेश जारी गरेपछि उरुग्वे विश्वमा गाँजालाई वैधानिकता दिने पहिलो राष्ट्र बनेको...

चार सय नेपाली कतारमा भोकभोकै

२०७० मंसिर २६ गते ८:०३

दोहा, २६ मंसिर– कतारले त्यहाँ कार्यरत चार सय नेपालीलाई जवर्जस्ती स्वदेश फर्काउने तयारी गरेको छ । तोकिएभन्दा कम पारिश्रमिक दिइएको भन्दै आमहड्तालमा उत्रिएका नेपाली कामदारलाई त्यहाँको सरकारले फिर्ता पठाउन लागेको हो । प्रहरीले ती नेपाली कामदारलाई नियन्त्रणमा लिएर न्यू सहेलियास्थित एक व्यापारिक केन्द्रमा राखेको...

‘ओबामा–क्यास्ट्रो मिलन योजनाबद्ध होइन’

२०७० मंसिर २६ गते ३:५४

काठमाण्डु, २६ मंसिर–दिवंगत दक्षिण अफ्रिकी नेता नेल्सन मोन्डेलाको अन्तेष्टीका क्रममा अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबाली राष्ट्रपति राहुल क्यास्ट्रोसँग हात मिलाएको घटना कुनै योजनाबद्ध नभएको अमेरिकाले जनाएको छ । दुई राष्ट्रपतिले हात मिलाएको घटनालाई दुई देश बीचको सम्बन्धमा सुधारको पहलको रुपमा हेरिएको बेला अमेरिकी राष्ट्रपति...

श्रद्धाञ्जलीसभामा शत्रुसँग हात मिलाए ओबामाले

२०७० मंसिर २५ गते १७:४९

सोवेतो, २५ मंसिर अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको स्मृतिसभामा वासिङटनको लामो समयसम्मको शीतयुद्धकालीन शत्रु क्युबाका नेता राउल क्यास्ट्रोसँग हात मिलाएका छन । समारोहलाई सम्बोधन गर्न मञ्चमा प्रस्थान गर्नुपूर्व अमेरिकी राष्ट्रपति ओबामाले क्यास्ट्रोसँग हात मिलाएका हुन । यसलाई अमेरिकी शत्रुसम्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us