डिसेम्बर २५ मा हुने नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको साधारणसभामा नेता शर्मा

काठमाण्डु टुडे २०७० मंसिर २७ गते १९:०८ मा प्रकाशित

आन्त्वयरपेन  २८ मंसिर–नेपाली जनप्रगतिशल मञ्च बेल्जियमको  बार्षिक साधारण सभा एकिकृत नेकपा माओबादीका नेता तथा अन्तराष्ट्रिय बिभागका ईन्चार्ज दिनानाथ शर्माको प्रमुख आतिथ्यमा हुन लागेको छ । आन्त्वयरपेन डिसेम्वर २५, २०१३ मा हुने सो साधारणसभाका लागि नेपाल सरकारका भुतपुर्व शिक्षा मन्त्री दिननाथ शर्मा बेल्जियम पुगिसेका छन ।
नेपालको बर्तमान परिस्थितिको बिषयमा बेल्जियममा रहेका देशभत,लोकतन्त्रबादी र प्रगतिशील नेपालीहरुको बीचमा छलफल हुने मञ्चका महासचिव कृष्ण तिवारीले बताए । उनका अनुसार नेपालमा मंसिर ४ गते भएको संबिधानसभाको चुनाव र नेपाली जनताको परिवर्तनको चाहना बिपरीत देखिएको नजिताका वारेमा नेता शर्माले बेल्जियममा रहेका नेपालीहरुलाई जानकारी गराउनेछन । ‘चुनावमा भएको षडयन्त्रहरुलाई कसरी बुभ्ने र आगामी दिनमा कस्तो कार्यनीति अवलम्बन गर्दा नेपाली जनताको परिवर्तनको चाहनालाई अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा छलफल हुन्छ’तिवारीले काठमाण्डु टुडेसग भने ।
एकिकृत नेकपा माओबादीले आप्नो पराजयलाई खोज्न जनताको घरमा जाने अभियान सगैं प्रवासमा रहेका नेपालीहरुको बिचारलाई पनि महत्व दिदै बिगतमा नेपाली जनताको परिवर्तनको चाहानासंग एकाकार गर्दै आएको यो मञ्चले कार्यक्रम राखेको तिवारीले बताए । तिवारीका अनुसार मञ्चको आगामी साधरणसभामा ‘पहिचान र संघियता सहितको संबिधानमा पुर्ण प्रतिवद्धता ,नयां नेपाल निर्माणको उत्पादनमुलक कार्यक्रममा हाम्रो सहभागिता’भन्ने मुल नाराको मर्म र गतिलाई पक्रदै वेल्जियममा रहेका नेपालीहरुलाई लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनको दिशामा उठाउन र संघिय लोकातान्त्रिक गणतान्त्रिक नेपालको स्थापनाको सुनिश्चितासहित प्राप्त उपलब्धिको रक्षार्थको लागी भएका र हुन सक्ने  अवरोधका बिषयमा  व्यापक छलफल हुनेछ ।
साथै एकिकृत नेकपा माओबादीका नेता तथा अन्तराष्ट्रीय बिभाग ईन्चार्ज दिननाथ शर्माले ईटाली, पर्चुगल जर्मनी, नेदरल्यण्ड ,फ्रान्समा रहेका आप्ना समर्थक तथा यूरोप भरी रहेका संयूक्त नेपाली मोर्चाका सदस्यहरुको बैठकमा सहभागी हुनेछन । शर्माले भाईचारा संस्थाहरुसंग पनि भेटघाटको कार्यक्रम रहेको तिवारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us