२३ करोड बालबालिकाको जन्म दर्ता छैन

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ८:५८ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– विश्वभरका करिब २३ करोड बालबालिकाको जन्मदर्ता नभएको तथ्यांक सार्वजनिक भएको छ ।
childसंयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले हालै सार्वजनिक गरेको तथ्यांकमा विश्वका हरेक तीन बालबालिकामा एक जनाको जन्मदर्ता नभएको उल्लेख छ । विश्वका १ सय ६१ राष्ट्रका बालबालिकामा अनुसन्धान गरिएको थियो ।

जन्मदर्ता कम हुनुमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता कारण जिम्मेवार रहेको बताइएको छ । जन्मदर्ता नगराउनेमा दक्षिण एसिया र अफ्रिकी मुलुक अगाडि छन् ।

युनिसेफले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा बालबालिकाको जन्मदर्तासम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us