अमेरिकी पुलिसले भारतीय महिला दुतलाई कपडा खोल्न भनेपछि

काठमाण्डु टुडे २०७० पुष २ गते ५:३२ मा प्रकाशित

Deviyaniकाठमाण्डु, २ पुस–अमेरिकामा भारतकी उप महावाणिज्यदूतलाई कपडा खोल्न लगाएर त्यहाँको प्रहरीले तलाशी लिएको खुलासा भएको छ । भारतकी उप महावाणिज्य दूत देवयानी खोबरागडेलाई भीसा नियम उल्लंघन गरेको आरोपमा न्यूयोर्क प्रहरीले गिरफ्तार गरेको थियो ।

उनलाई कस्टडीमा लगेर कपडा खोल्न लगाएर तलाशी लिएको खबरले भारतमा सनसनी मच्चिएको छ । त्यतिमात्रै होइन भारतीय उच्च अधिकारी देवयानीलाई हथकडी लगाएर अपराधी, लागू औषध कारोबारी र यौन व्यवसायीहरुसँगै राखिएको थियो । तर, पछि अदालतमा दोषी प्रमाणित नभएपछि उनलाई साढे २ लाख डलर धरौटीमा उनी रिहा भइन् ।

भारतीय अधिकारीहरुले मानवअधिकार उल्लंघन गरेको भन्दै अमेरिकी प्रहरीको आलोचना गरेका छन् । राजदुत हो भन्ने जान्दा जान्दै पनि यसप्रकारको दुर्व्यवहारको उनीहरुले निन्दा गरेका छन् । तर, न्यूयोर्क प्रहरीले ‘माथिको आदेश’ भन्दै त्यसो गर्नु आफूहरुको बाध्यता रहेको स्पष्ट पारेको छ ।

तर, भारतीय अधिकारीहरुले यसलाई ‘भारतप्रति अमेरिकाको हेपाहा प्रवृत्ति’ भनेर आलोचना गरेका छन् ।

भीसामा गलत विवरण लेखेको र घरेलु कामदारलाई दुर्व्यवहार गरेको आरोपमा देवयानीलाई न्युयोर्क प्रहरीले १२ डिसेम्बरमा गिरफ्तार गरेको थियो । उनलाई हिरासतभित्र कपडा खोल्न लगाएर तलाशी लिएको र अपराधीहरुसँगै राखेको भन्दै भारतले आपत्ति जनाएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us