प्रवास

कोरियामा एक नेपालीको मृत्यु

२०७० मंसिर १९ गते ४:२६

काठमाण्डु, १९ मंसिर– रोजगारीको सिलसिलामा कोरिया पुगेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ । लम्जुङको जिता–९ का विकास पौडेलको समुद्रमा डुबेर मृत्यु भएको हो । उनी ईपीएस कोटामार्फत् सन् २००९ मा कोरिया पुगेका थिए । मत्स्यपालन भिसामा रहेका पौडेल पानी जहाजबाट माछा र...

अमेरिकामा भानुको शालिक अनावरण

२०७० मंसिर १९ गते २:१७

वाशिङ्टन डिसी, १९ मंसिर-अमेरिकाको वाशिङटन डिसी महानगर क्षेत्रमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण गरिएको छ । तेस्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले गरेका थिए । सम्मेलनको दोस्रो दिन डिसेम्बर १ तारिखमा क्यानाडाबाट कार्यपत्र प्रस्तुत गर्न आएका डा. गोविन्द सिंह...

अमेरिकाको कमाइले विद्यालयलाई कम्प्युटर

२०७० मंसिर १८ गते ४:५८

मोरङ, १८ मंसिर–मोरङको हरैचामा रहेको चन्द्रहरि स्मृति प्रतिष्ठानले हरेक वर्ष विपन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई १० थान कम्प्युटर प्रदान गर्ने घोषणा गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिका पुगेका मोरङ हरैचा–६ निवासी शिवप्रकाश पौडेलले आफ्ना बुबाको नाममा स्थापना गरेको चन्द्रहरि प्रतिष्ठानले हरेक वर्ष अलगअलग ठाउँका...

बेलायत चिनिया लगानीका लागि खुला

२०७० मंसिर १७ गते १६:१२

बेइजिङ, १७ मङ्सिर–बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले सोमबार आफ्नो मुलुक चिनियाँ लगानीका लागि खुला रहेको बताएका छन । बेलायती प्रधानमन्त्री क्यामरुनले सन् २०१२ मा निर्वासनमा रहेका तिब्बती धार्मिक नेता दलाइ लामालाई भेट गर्दा बेइजिङले भत्र्सना गरेको थियो । यस भ्रमणमा उनको साथमा सबैभन्दा ठूलो व्यापारी...

रेल दुर्घटना हुँदा चारजनाको मृत्यु

२०७० मंसिर १७ गते ६:३२

काठमाण्डु, १७ मंसिर–न्यूयोर्कमा एक रेल दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अन्य ६७ जना घाइते भएका छन् । लीकबाट बाहिर उछिट्टिएर रेल दुर्घटना भएको स्थानीय सन्चार माध्यमले जनाएका छन् । रेलका डिब्बाहरु हार्लेम नदीको किनार नजिकै खेसका छन् । केही यात्रु नदीमा डुबेको...

तहल्काका सम्पादकलाई ६ दिन हिरासतमा राख्न आदेश

२०७० मंसिर १६ गते ७:५०

गोवा १६ मंसिर–तहल्काका संस्थापक सम्पादक तरुण तेजपाललाई सात दिन हिरासतमा राख्न अदालतले आइतवार आदेश दिएको छ । आफनै सहकाकर्मीलाई बलत्कार गरेको आरोपमा उनलाई प्रहरीले शनिवार प्रकाउ गरेको थियो । प्रहरीले १४ दिन हिरातमा राख्न माग गरे पनि गोवा अदालतले तरुण तेजपाललाई सात दिन हिरासतमा...

भारतीय राष्ट्रपतिले अरुणाञ्चल भ्रमण गर्दा चीनको आपत्ति

२०७० मंसिर १६ गते ४:३५

काठमाण्डु–भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अरुणाञ्चल प्रदेशको भ्रमण गरेकोमा चीनले आपत्ति जनाएको छ । सीमा क्षेत्रका समस्या थप चर्काउने गतिबिधि बन्द गर्न चीनले भारतलाई चेतावनी दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङगले सीमा क्षेत्रको सम्झौता वार्ताका लागि सकारात्मक वातावरण सिर्जना गर्ने आशा व्यक्त...

राजस्थानमा ७४ प्रतिशत मतदान

२०७० मंसिर १६ गते ४:३१

काठमाण्डु, १७ मंसिर–भारतको राजस्थानमा आइतबार भएको विधानसभा निर्वाचनका ७४ दशमलव तीन प्रतिशत मत खसेको छ । छिटफुट घटना बाहेक चुनाव शान्तिपूर्णरुपमा सम्पन्न भएको भारतीय सन्चार माध्यमले जनाएका छन् । यस मतदानबाट राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, बीजेपीका प्रदेश अध्यक्ष बसुन्धरा राजे समेत २ हजार ८७...

पाकिस्तानको सेना प्रमुखमा प्रधानमन्त्रीका नातेदार

२०७० मंसिर १४ गते १७:२०

रावलपिन्डी, १४ मङ्सिर–पाकिस्तानको सेना प्रमुखको रूपमा जनरल राहिल सरिफले शुक्रबार औपचारिक रूपमा पदभार वहन गरेका छन । यसलाई तालिवान विद्रोहीको युद्धमैदान बनेको पाकिस्तानमा सबैभन्दा शक्तिशाली पदको रूपमा लिइन्छ । जनरल सरिफलाई यस पदमा नियुक्त गरिएको घोषणा बुधबार भएको हो र उनले  रावलपिन्डीमा सैनिक मुख्यालयमा...

बंगलादेशको अन्यौल हटाउन राष्ट्रसंघको अग्रसरता

२०७० मंसिर १४ गते १७:०७

ढाका १४ मंसिर–बंगलादेशमा जारी आन्दोलनलाई स्थगित गराएर राजनीतिक अन्योल हटाउन संयुक्त राष्ट्रसंघले अग्रसरता देखाएको छ । त्यसका लागि राष्ट्रसंघले आफना एक दूत बंगलादेश पठाउन लागेको छ । ती दूतले बङ्गलादेशका विपक्षी दलहरुसँग वार्तागरी आगामी निर्वाचनमा सहभागी हुनका लागि आग्रह गर्नेछन । उनले सरकार र...

बलात्कारको मुद्दामा भारतका सम्पादक तेजपाल अदालतमा उपस्थित हुने

२०७० मंसिर १४ गते १५:२३

पाञ्जी (भारत) १४ मङ्सिर । भारतका तहल्का समाचार पत्रिकाका सम्पादक तरुण तेजपाल शुक्रबार गोवामा फेला परेका छन् र उनले आफू अदालतमा उपस्थिति हुने बचन दिएका छन् । अदालतमा उनीमाथि बलात्कारको मुद्दा चलाउन सकिन्छ र यसका कारण उनले १० वर्ष कारावासको सजाय भोग्नुपर्ने हुनसक्छ ।...

हङकङमा उच्च गतिको डुङ्गा दुर्घटनामा ८७ जना घाइते

२०७० मंसिर १४ गते १२:५७

हङकङ, १४ मङ्सिर–हङकङबाट मकाउतर्फ गइरहेको एक उच्च गतिको डुङ्गा थाहा नभएको एक वस्तुसँग ठक्कर खाँदा ८७ व्यक्ति घाइते भएका छन् । एक वर्ष अगाडि यस्तै एक दुर्घटना हुँदा ३९ व्यक्तिको मृत्युभएको थियो । राति स्थानीय समयअनुसार १:१५ बजे करिब १०५ यात्रु तथा चालक दलका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us