राजस्थानमा ७४ प्रतिशत मतदान

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ४:३१ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर–भारतको राजस्थानमा आइतबार भएको विधानसभा निर्वाचनका ७४ दशमलव तीन प्रतिशत मत खसेको छ । छिटफुट घटना बाहेक चुनाव शान्तिपूर्णरुपमा सम्पन्न भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

यस मतदानबाट राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, बीजेपीका प्रदेश अध्यक्ष बसुन्धरा राजे समेत २ हजार ८७ उम्मेदवारको भाग्यको फैसला हुने छ । एक सय ९९ सीटका लागि दुई हजार ८७ उम्मेदवार चुनावी मैदानमा छन् ।

४ करोड ८ लाख २९ हजार ३ सय ३० मतदाताका लागि ४७ हजार २ सय २३ मतदान केन्द्र तोकिएको थियो ।
चुनावको सुरक्षाका लागि १ लाख १९ हजार २ सय ७२ सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us