तहल्काका सम्पादकलाई ६ दिन हिरासतमा राख्न आदेश

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ७:५० मा प्रकाशित

गोवा १६ मंसिर–तहल्काका संस्थापक सम्पादक तरुण तेजपाललाई सात दिन हिरासतमा राख्न अदालतले आइतवार आदेश दिएको छ । आफनै सहकाकर्मीलाई बलत्कार गरेको आरोपमा उनलाई प्रहरीले शनिवार प्रकाउ गरेको थियो । प्रहरीले १४ दिन हिरातमा राख्न माग गरे पनि गोवा अदालतले तरुण तेजपाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
तेजपाल उनका एक महिला कर्मचारीले उनले यौनजन्य पीडा दिएको भनी लगाएको आरोपका विषयमा पूर्वसुनुवाइका लागि शनिबार गोवा राज्यको एक अदालतमा उपस्थित भएका छन् ।
तेजपाल अनुसन्धानमूलक पत्रिका तहल्काका संस्थापक हुन् र उनले भारतमा शक्तिको दुरूपयोग, भ्रष्टाचार तथा महिलाविरुद्ध हिंसाका विषयमा चर्चित अनुसन्धानमूलक पत्रकारिता गरेका छन् ।
पचास वर्षीय तेजपाल पणजी नगरको सुनुवाई अदालतमा उपस्थित हुँदा उनका पत्नी तथा छोरी पनि साथै थिए । उनी एक दिन अगाडि नयाँ दिल्लीबाट यहाँ आइपुगेका हुन् ।Tejpal
तेजपालले पक्राउपूर्व जमानतका लागि आग्रह गरेका छन् । भारतको कानुनअनुसार आफूलाई पक्राउ हुननदिन व्यक्तिले पक्राउपूर्वको जमानतका लागि आग्रह गर्नसक्छ ।
अदालतमा प्रस्तुत हुनुभन्दा अगाडि तेजपाललाई प्रहरीले पत्रिकाले आयोजना गरेको एक कार्यक्रममा गोवाको एक होटेलको एलेभेटरमा महिला कर्मचारीमाथि यौनजन्यपीडा दिएको भनी लगाइएको आरोपमा सोधपुछ गरेको थियो । उक्त कार्यक्रम यसै महिनाको आरम्भमा आयोजना गरिएको थियो ।
कानुन व्यवसायीका समूहले घेरिएका तेजपालले पत्रकारहरूलाई आफूहरू प्रहरीको अनुसन्धानमा संलग्न भएको बताए ।
तेजपाल तथा उनका पत्रिकाको ख्यातिका कारण उनी हाल आमसञ्चारको शीर्ष समाचारमा रहेका छन् । उनले भारतीय पत्रकारितामा भ्रष्टाचार भएको कुरा उदाङ्गो गर्न नयाँ प्रवृत्ति स्थापना गरेका थिए ।
उनको पत्रिकाले हालै लैङ्गिक असमानता, बलात्कारका विषयमा प्रहरी तथा न्यायिक अधिकारीमा रहेको असंवेदनशीलता तथा अधिक भारतीय पुरुषमा रहेको महिलाप्रति घृणाका विषयलाई सार्वजनिक गरेको थियो ।
गत साता तेजपालले आफूले गलत काम गरेको भनी छ महिनासम्म पदमा नरहने बताएका थिए भने उनी आडम्बरी भएको आरोप लगाइएको छ ।
ख्यातिप्राप्त उपन्यासकार तेजपालले आफूले बलात्कार नगरेको र उनीहरूबीचको सम्बन्ध सहमतिमा बनेको दाबी गरेका छन् ।
यो घटना सार्वजनिक भएपछि पीडितले पत्रिकाको नोकरी छोडेकी छन् र शुक्रबार आफ्नो सम्मानका लागि सङ्घर्ष गर्ने बताइन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us