बेलायत चिनिया लगानीका लागि खुला

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १६:१२ मा प्रकाशित

बेइजिङ, १७ मङ्सिर–बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले सोमबार आफ्नो मुलुक चिनियाँ लगानीका लागि खुला रहेको बताएका छन ।
बेलायती प्रधानमन्त्री क्यामरुनले सन् २०१२ मा निर्वासनमा रहेका तिब्बती धार्मिक नेता दलाइ लामालाई भेट गर्दा बेइजिङले भत्र्सना गरेको थियो । यस भ्रमणमा उनको साथमा सबैभन्दा ठूलो व्यापारी समूह चीनमा पुगेको छ ।
उनले चीन तथा युरोपेली महासङ्घबीच स्वतन्त्British Prime Minister Cameron addresses media in Berlinर व्यापार सम्झौतालाई आफूले अगाडि बढाउने बताए । उनी र चिनियाँ समकक्षी ली खछियाङले अन्तरिक्ष अन्वेषण, आमसञ्चार आदानप्रदान तथा प्याटेन्ट संरक्षणका १० सम्झौतामा हस्ताक्षर कार्यक्रमलाई अवलोकन गरेका छन ।
बेलायती प्रधानमन्त्रीका साथमा चिनियाँ प्रधानमन्त्री लीले दुई मुलुकबीच उच्च गतिको रेल विकासका साथमा, नागरिक पारमाणविक ऊर्जामा चिनियाँ लगानीका विषयमा पनि सम्झौता भएको बताए । प्रधानमन्त्री लीले चीन–बेलायतबीच सम्बन्धलाई उच्च गतिको रेलको रूपमा तुलना गरेका छन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us