बलात्कारको मुद्दामा भारतका सम्पादक तेजपाल अदालतमा उपस्थित हुने

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १५:२३ मा प्रकाशित

पाञ्जी (भारत) १४ मङ्सिर । भारतका तहल्का समाचार पत्रिकाका सम्पादक तरुण तेजपाल शुक्रबार गोवामा फेला परेका छन् र उनले आफू अदालतमा उपस्थिति हुने बचन दिएका छन् ।
अदालतमा उनीमाथि बलात्कारको मुद्दा चलाउन सकिन्छ र यसका कारण उनले १० वर्ष कारावासको सजाय भोग्नुपर्ने हुनसक्छ ।
प्रहरीले तेजपाललाई पक्राउ गर्न खोजिरहेका थिए र उनी नयाँ दिल्लीबाट यहाँ शुक्रबार अपराह्न आएका हुन् । उनले आफ्नो पत्रिकाका लागि केही ठूलै अनुसन्धात्मक पत्रकारिता गरेका थिए ।
पाञ्जी नगरको अदालतमा एक न्यायाधीशले तेजपाललाई शनिबार १० बजेसम्म पक्राउ हुनबाट मुक्ति दिएका छन् । त्यहाँ उनीमाथि सुनुवाई आरम्भ हुनेछ ।
उनका कानुन व्यवसायी गीता लुथ्राले अदालतमा न्यायाधीशसामु पछाडि कपाल बाँटेका ५० वर्षीय तेजपाल आफैँ अदालतमा उपस्थित हुने बताइन् ।
न्यायाधीश अनुजा प्रभुदेसाइले तेजपाललाई शनिबार १० बजेसम्म पक्राउबाट मुक्ति दिइएको र यस मुद्दामा सोही समयदेखि सुनुवाइ हुने बताए ।
गोवाका प्रमुख प्रहरी अधिकृत किशन कुमारले तेजपाललाई पक्राउ नगरिएको बताए । तेजपालका एक महिला कर्मचारीले निजले आफूलाई गोवामा पत्रिकाले आयोजना गरेको कार्यक्रमा एक एलेभेटरमा दुईपटक दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।
गत साता तेजपालले आफूले गलत कार्य गरेको स्वीकार गर्दै आफू पदबाट ६ महिनाका लागि बाहिर रहने बताएका थिए ।
पीडित व्यक्तिले आफ्नो सम्मानको सुरक्षाका लागि आफूले सङ्घर्ष गर्ने बताएकी छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us