पाकिस्तानको सेना प्रमुखमा प्रधानमन्त्रीका नातेदार

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १७:२० मा प्रकाशित

रावलपिन्डी, १४ मङ्सिर–पाकिस्तानको सेना प्रमुखको रूपमा जनरल राहिल सरिफले शुक्रबार औपचारिक रूपमा पदभार वहन गरेका छन । यसलाई तालिवान विद्रोहीको युद्धमैदान बनेको पाकिस्तानमा सबैभन्दा शक्तिशाली पदको रूपमा लिइन्छ ।
जनरल सरिफलाई यस पदमा नियुक्त गरिएको घोषणा बुधबार भएको हो र उनले  रावलपिन्डीमा सैनिक मुख्यालयमा एक समारोहमा पूर्व सेना प्रमुख जनरल अस्फाक कायनीबाट उक्त पद प्राप्त गरेका छन । chief of the army staff and General Rashid Mehmood
पाकिस्तान पारमाणविक हतियारयुक्त मुलुक हो र यहाँ ६ लाख सैनिक रहेका छन् । पाकिस्तानले तालिवानको विद्रोह भोगिरहेको छ जसका कारण हजारौँ व्यक्तिको मृत्युभएको छ । यस मुलुकको भारतसँगको सम्बन्ध तनावपूर्ण छ र छिमेकी मुलुक अफगानिस्तानमा नेटोको १२ वर्षे अभियान अन्त्य हुने अवस्थामा पुगेको छ ।
सैनिक वृत्तबाहिर कमै चर्चा भएका जनरल सरिफको राजनीतिमा कमै अभिरुचि भएको ठानिन्छ । आफ्ना नाताको नभएपछि प्रधानमन्त्री नवाज सरिफले दुई वरिष्ठ जनरललाई पन्छाइ सरिफलाई नियुक्त गरेका हुन । सन् १९९९ मा उनलाई तत्कालीन सैनिक जनरल पर्वेज मुसर्रफले अपदस्थ गरेका थिए ।
पाकिस्तानको ६६ वर्षे इतिहासमा सेनाले तीन पटक विद्रोह गरेको छ र आधा समय शासन गरेको छ । सशस्त्र सेना पाकिस्तानमा अझै शक्तिशाली मानिन्छ ।
पदमुक्त भएका कमान्डर कायनीले सन् २००७ देखि सेना प्रमुखको पदभार सम्हालेका हुन । उनले राजनीतिमा खुला रूपमा हस्तक्षेप नगरेकाले उनको प्रशंसा गरिन्छ ।
उनको समयमा पाकिस्तानमा एक प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारले आफ्नो कार्यकाल सम्पन्न गरी अर्को आमनिर्वाचनबाट आएको सरकारलाई सत्ता हस्तान्तरण गरेको हो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us