कोरियामा एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ४:२६ मा प्रकाशित

korea_mapकाठमाण्डु, १९ मंसिर– रोजगारीको सिलसिलामा कोरिया पुगेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ । लम्जुङको जिता–९ का विकास पौडेलको समुद्रमा डुबेर मृत्यु भएको हो ।

उनी ईपीएस कोटामार्फत् सन् २००९ मा कोरिया पुगेका थिए । मत्स्यपालन भिसामा रहेका पौडेल पानी जहाजबाट माछा र अक्टोपस मार्ने काम गर्दथे । पानी जहाजबाट अक्टोपस तान्ने क्रममा हातमा जाल अल्झेर समुद्रमा खसेर उनको मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us