भारतीय राष्ट्रपतिले अरुणाञ्चल भ्रमण गर्दा चीनको आपत्ति

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ४:३५ मा प्रकाशित

काठमाण्डु–भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अरुणाञ्चल प्रदेशको भ्रमण गरेकोमा चीनले आपत्ति जनाएको छ । सीमा क्षेत्रका समस्या थप चर्काउने गतिबिधि बन्द गर्न चीनले भारतलाई चेतावनी दिएको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङगले सीमा क्षेत्रको सम्झौता वार्ताका लागि सकारात्मक वातावरण सिर्जना गर्ने आशा व्यक्त गरेका छन् । प्रवक्ता छिङगले शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चीन र भारत बीच सीमानाको पूर्वी भागमा विवादास्पद क्षेत्र सम्बन्धी चीनको अडान कायम छ । Arunachal_Map_360
चिनिया समाचार संस्था सीआरआईले लेखेको छ ‘हाल दुवै देश बीचको सम्बन्धलाई बिकास गर्ने राम्रो प्रबृत्तिलाई कायम राख्नुका साथै दुवै पक्षले मैत्रीपूर्ण छलफलको तरिका मार्फत् सीमा समस्या समाधान गरिरहेका छन् । भारतले चीनसँगै एकै दिशा तर्फ लम्बनुका साथै द्वीपक्षीय सम्बन्धको संरक्षण गरी साझा प्रयास मार्फत सीमा क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्ने आशा चीनले गरेको छ ।’

अरुणाञ्चल प्रदेश सरकारले अरुणाञ्चल भारतको अभिन्न अंग रहेको भन्दै चीनले आफूहरुलाई हेपेकोमा आफूहरु दुखित भएको बताएको छ । ‘जव हाम्रो राष्ट्रपतिले आफ्नो देशको भ्रमण गर्दा कसरी चीनले प्रतिक्रिया जनाउन सक्छ ?’ अरुणाञ्चलका मुख्यमन्त्री नबाम थुकीले प्रश्न गरेका छन् । भारतीय राष्ट्रपति मुखर्जीले पनि अरुणाञ्चल प्रदेशलाई भारतको दक्षिणपूर्वी क्षेत्रको अत्यन्तै महत्वपूर्ण र अभिन्न अंग रहेको बताएका छन् । भारत र चीनबीच सन् १९६२ मा अरुणाञ्चल क्षेत्रमा युद्ध भएको थियो ।

चुनावपछिको समग्र स्थिति बुझन चिनिया अधिकारी काठमाण्डु आउँदै

चीनको आन्तरिक सुरक्षा मामिलाका महानिर्देशक तथा नेपालका लागि पूर्व राजदूत छिउगुओहोङ मंगलवार काठमाण्डु आउँदैछन् । दोस्रो संबिधानसभा निर्वाचन अघि र पछि भारत र चीनका उच्च अधिकारीहरु काठमाण्डुमा बाक्लिदै गएका छन् । गुओहोङ पनि निर्वाचनपछिको समग्र स्थिति बुझन काठमाण्डु आउन लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us