विश्वव्यापी शिक्षा सर्वेक्षणमा एसियाको स्थान उच्च

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ४:४४ मा प्रकाशित

Asia-Mapपेरिस, १९ मंसिर–विश्वव्यापी शिक्षाको अवस्थाका विषयमा प्रकाशित नयाँ प्रतिवेदनमा एसियाली मुलुकका विद्यार्थीले पश्चिमी मुलुकका समकक्षीको तुलनामा गणित, विज्ञान पढाइमा उछिनेकाले उच्च स्थान प्राप्त गरेको उल्लेख गरिएको छ । यस प्रतिवेदनमा साङ्घाइले पुनः गणित, विज्ञान पढाईमा सबैभन्दा उच्च स्थान प्राप्त गरेको छ ।

पेरिसमा केन्द्रीय कार्यालय रहेको ओइसीडीले प्रत्येक तीन वर्षमा यस्तो प्रतिवेदन प्रकाशन गर्ने गरेको छ । यसका लागि ६५ मुलुकका १५ वर्षका करिब पाँच लाख विद्यार्थीमा सर्वेक्षण गरिएको छ ।

सिङ्गापुर, हङकङ, ताइवान तथा दक्षिण कोरिया गणितमा पाँच उच्च स्थान प्राप्त गर्ने स्थान बनेका छन् ।

यसलाई पिसा (प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ट एसेसमेन्ट) प्रतिवेदन पनि भनिन्छ । यो विश्वका विद्यालयहरूमा गरिने सबैभन्दा ठूलो अध्ययन हो र यसलाई शिक्षाको क्षेत्रमा विश्वकपको रूपमा लिइन्छ । यसमा भाग लिने मुलुकको हिसावले यस अध्ययनले विश्वको ८० प्रतिशत अर्थतन्त्र ओगट्ने गर्छ ।

साङ्घाइको उच्च स्थानले बेलायत तथा फ्रान्सको विद्यालयलाई उछिनेको देखिएको छ ।

ओइसीडीले साङघाइले चीनको सबै क्षेत्रलाई प्रतिनिधित्व गर्न नसक्ने स्वीकार गरेको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us