मृत्यु दण्ड सुनाइएका नेपालीले पाए आममाफी

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ५:०३ मा प्रकाशित

युएई २९ मंसिर – आफूसँगै काम गर्ने नेपाली हत्या आरोपमा इमिरेट्स (युएई) को जेलमा रहेका एक नेपालीले आममाफी पाएका छन् ।
हत्यामा संलग्न रहेको आरोपमा मृत्युदण्डको फैसला सुनाइएका पर्वत चित्रे–४ का दुर्गाबहादुर सुनारलाई त्यहाँको अदालतले आममाफी दिएको हो ।

आममाफी पाएसँगै सुनार घर फर्कने तयारीमा छन् । युएईको शारजाहमा सुनसरी हाँसपोसा–२ का गणेशबहादुर बस्नेतलाई हत्या गरेको अभियोगमा सुनार ८ वर्षदेखि जेलमा थिए ।

युएईका लागि नेपाली राजदूत धनञ्जय झाले सुनारलाई आममाफी दिन बस्नेत परिवारले स्वीकारपत्र पठाएपछि अदालतले आममाफी दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us