‘ओबामा–क्यास्ट्रो मिलन योजनाबद्ध होइन’

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ३:५४ मा प्रकाशित

obama castroकाठमाण्डु, २६ मंसिर–दिवंगत दक्षिण अफ्रिकी नेता नेल्सन मोन्डेलाको अन्तेष्टीका क्रममा अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबाली राष्ट्रपति राहुल क्यास्ट्रोसँग हात मिलाएको घटना कुनै योजनाबद्ध नभएको अमेरिकाले जनाएको छ । दुई राष्ट्रपतिले हात मिलाएको घटनालाई दुई देश बीचको सम्बन्धमा सुधारको पहलको रुपमा हेरिएको बेला अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसले एक विज्ञप्ति जारी गर्दै सो घटना कुनै योजनाबद्ध नभएको जनाएको हो ।

सो घटनालाई दुई देशबीचको सम्बन्ध सुधारको रुपमा नहेर्न पनि ह्वाइट हाउसले आग्रह गरेको छ । क्युबाको मानवअधिकारमा अमेरिका अझै सन्तुष्ट नभएकोले सम्वन्ध सुधारका बारेमा अहिले नै सोच्न नसकिने अमेरिकाले जनाएको छ । दुई राष्ट्राध्यक्षबीच मण्डेलाको अन्त्यष्टिका क्रममा जम्काभेट हुँदा शुभकामना आदान प्रदान मात्र भएको अमेरिकाले जनाएको छ ।

अमेरिका र क्युबाबीच सन् १९६१ यता कुटनैतिक सम्बन्ध कायम छैन । शीत युद्धताका अमेरिकाले सोभियत संघको साथ दिएपछि दुई देशबीचको सम्बन्ध विग्रिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us