
काठमाण्डु, ५ पुस–संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका तीनजना भारतीय नागरिकको सुडानमा मृत्यु भएको छ । दक्षिण सुडानको जोनग्लेई राज्यस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसन बसेको ठाउँमा त्यहाँका विद्रोहीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
सुडानका राष्ट्रपति साल्भा किईरले आक्रमण सुडानको दोश्रो ठूलो जातिय समुह डिन्काले गरेको आरोप लगाउनु भएको छ । सुडानको राजधानिबाट शुरु भएको द्वन्द्वमा अहिलेसम्म ५ सय भन्दा बढिले ज्यान गुमाइसेका छन् ।
सुडानबाट गतबर्ष अलग भएको दक्षिण सुडानमा जातिय द्वन्द र सैनिक विद्रोहले गृहयुद्ध निम्तने खतरा बढेको छ । केहीदिन यता भईरहेका हिंसात्मक घटनापछि दक्षिण सुडानबाट पश्चिमा देशका दुतावासका कर्मचारीलाई फिर्ता बोलाईएको छ ।