नेपाली जनप्रगतिशील मंच वेल्जियमको साधारण सभाको लागि प्रचार समिति गठन

काठमाण्डु टुडे २०७० पुष ४ गते २:०५ मा प्रकाशित

बेल्जियम, ४ पुस–नेपाली जनप्रगतिशल मंच बेल्जियमको २५ डिसेम्बरमा हुने वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । साधारणसभाको प्रचार प्रसारको लागि ७५ सदस्यीय समिति गठन गरिएको छ ।

प्रचार प्रसार समितिमा चित्र सुवेदी, लोक दहाल, कृष्ण पौडेल, कृष्ण तिलिजा मगर, रामचन्द्र सुवेदी, प्रकाश पौडेल, रमेश कार्की, लक्ष्मण देवकोटा, पवन सुवेदी, श्याम श्रेष्ठ,निर्मला वजगांई, रश्मी न्यौपाने, विष्णु सेरचन, पर्शुराम रेग्मी, सुदेशमणी पोखरेल, देवराज पौडेल, लक्ष्मी सुवेदी, लक्ष्मी पौडेल (क), लक्ष्मी पौडेल(ख), सिता दहाल, समिता सुवेदी, सुशिला आचार्य, दिना पोखरेल, मिता अधिकारी, मिना भट्ट रहेका छन् ।

यसैगरी सरस्वती सुवेदी, विमला घर्ति मगर, इन्दिरा पौडेल, राधिका तिवारी, सावित्रा भारति, दुर्गा महत, निर्मला सुवेदी, कर्ण वि क, जित बहादुर लामा, लिलाधर पन्त, कृष्ण तिवारी, भिम सुवेदी, राजाराम पोखरेल, माया तामाङ, प्रशान्त श्रेष्ठ, विनोद महर्जन, अर्जुन मगर, लक्ष्मी महर्जन, होम गुरुङ, नगेन्द्र बस्नेत, टिका पौडेल, दुर्गा सापकोटा, श्याम बुढामगर, उद्घव गौतम, श्री प्रसाद सापकोटा, विरमान घर्तिमगर पनि प्रचार प्रसार समितिमा रहेका छन् । समितिमा रहने अन्यमा रविन श्रेष्ठ, गंगा शर्मा, अर्जुन अधिकारी, केजिन राई, संजय राज भण्डारी, साधना बोहोरा, गणेश घिमिरे, धरणीधर गौतम, घनश्याम शर्मा, सुमन निउरे, हरि पाठक, कमल भारति, दुर्गा सुवेदी, टि एन सापकोटा, भरत पन्त, कृष्ण सुनार, काजी नेपाली, शुष्मा भुसाल, सुरेश महत, अर्जुन बाबु तिवारी, मनिष गुरुङ्ग, गम बहादुर गुरुङ, कल्पना मगर र मखन नेपाली रहेका छन् ।

आर्थिक समिति, साङ्गठनिक राजनैतिक प्रतिवेदन, हल व्यावस्थापन लगायतको काम सम्पन्न गर्न पनि समिति गठन गरिएको छ ।

नेपाली जनप्रगतिशल मंच बेल्जियमको बार्षिक साधारणसभा यही डिसेम्बर २५ तारिकमा आन्त्वयरपेनमा हुने छ । ‘पहिचान र संघियता सहितको संविधानमा पुर्ण प्रतिवद्धता, नयाँ नेपाल निर्माणको उत्पादनमुलक कार्यक्रममा हाम्रो सहभागिता’ भन्ने मुख्य नाराको साथ हुने साधारणसभामा एकीकृत नेकपा माओवादीका नेता तथा विदेश विभाग प्रमुख एवम् पूर्व शिक्षामन्त्री दीनानाथ शर्माको प्रमुख आतिथ्यता रहने छ ।

साधारणसभामा वेल्जियममा रहेका नेपालीहरुलाई लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा सहभागी गराउन, संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालको स्थापनाको सुनिश्चिता तथा प्राप्त उपलब्धिको रक्षार्थको लागि भएका र हुन सक्ने अवरोधका बिषयमा छलफल हुने छ ।

मंचले साधारणसभामा सम्पुर्ण वेल्जियमबासी नेपाली बुवा–आमा, दाजुभाई तथा दिदीबहिनी एवं संघ संस्थाहरुलाई २५  डिसेम्वर २०१३ बुधवार दिनको १२ बजे, कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ । LANGSTRAAT-102, BORGERHOUT, 2140 ANTWERPEN मा कार्यक्रम हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us