विश्लेषण

झलनाथलाई सर्लाहीमा पनि चुनाव जित्न कठिन

२०७० कार्तिक २५ गते ३:११

सर्लाही -राष्ट्रिय राजनीतिमा स्थापित तथा आफ्नो वर्चस्व कायम राखेका नेता उम्मेदवार भएको सर्लाहीमा चुनावको वातावरण निकै तातेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा जिल्लाबाट चार स्थान हासिल गरेको मधेसवादी दलको सङ्गठन विस्तार वडा तहसम्म पुगे पनि राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व र दखल राख्ने मधेसवादी दलका...

हार टार्न संघर्षरत हस्तीहरु

२०७० कार्तिक २५ गते १:४५

काठमाण्डु–अघिल्लो संविधानसभा चुनावमा नेकपा एमाले र नेपाली कांग्रेसका हस्तीहरुले अनपेक्षित हार बेहोरेका थिए । नपत्याएको खोलाले बगाउँछ भने जस्तै दुबै पार्टीका मुख्य नेताहरुले नराम्रो पराजय बेहोरेका थिए । अहिले पनि ती प्रायः सबै हस्ती उही पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । केहीको रोजाईमा नयाँ...

वैद्य ठान्छन् भुत मन्छाएको,डाक्टर भन्छन्–सम्मान गरेको

२०७० कार्तिक २१ गते ५:२१

काठमाण्डु–एकीकृत माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले बिराटनगरबाट नेकपा–माओवादीलाई राजनीतिक सहमतिमा  मन्त्रिपरिषदले मनोनित गर्ने संविधानसभाका २६ सदस्य दिन सकिने घोषणा गरे लगत्तै मोहन वैद्यले ललितपुरको कुपण्डोलबाट भनिदिए ‘घोर अपमानको अनैतिक दुस्साहस ।’ दुई बर्ष अघिसम्म वैद्य र भट्टराई एउटै पार्टीका पहिलो र दोस्रो उपाध्यक्ष थिए...

पासाङ र गगन जित हारको तालाचावी सुप्रभाको हातमा

२०७० कार्तिक २० गते १:००

कहिलेकाही संयोग पनि अनौठो बन्दो रहेछ । यस्तै अनौठो संयोग देख्न पाइएको छ, काठमाण्डु निर्वाचन क्षेत्र–४ मा । यो क्षेत्र एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङ र काग्रेस उम्मेदवार गगन थापाका कारण चर्चामा त थियो नै,यसबाहेक काग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएकी सुप्रभाको कारणले पनि थप...

मुख्य चुनावी कार्यसूचीमा सङ्घीयता र शासकीय स्वरूप

२०७० कार्तिक १९ गते १२:०८

काठमाण्डु –अघिल्लो संविधानसभाभित्र बढी विवादित सङ्घीयता र शासकीय स्वरूपको सवाल अर्काे संविधानसभा सदस्य निर्वाचनमा पनि मुख्य प्राथमिकताको विषय बन्दैछन । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचार अभियानमा उत्रेका दलहरूले आफ्ना चुनावी घोषणापत्रमा प्रदेशको सङ्ख्या, नामाङ्कन तथा सीमाङ्कन र शासकीय स्वरूपमा राष्ट्रपति÷प्रधानमन्त्रीको चयन तथा...

संघीयतामा परेको गाँठो

२०७० कार्तिक १९ गते १:५०

पहिचानसहितको संघीयतालाई विवादमा पार्न खोजिँदै छ भन्ने कुरा अस्वाभाविक भने होइन, वर्षौंदेखि शासन सत्ता र बाहिर परेकाहरूका बीच झगडा हो । एकथरीलाई लागेको छ, पहिचानसहितको संघीयता भयो भने यसले शासक र शासितको परिभाषा फेर्छ । अहिलेसम्म शासितको समूहमा बसेका अल्पसंख्यक, गरिब शासक बस्ने पिढीँनेर...

नव प्रवेशीमाथि एमाओवादीको विश्वास : लालच की फराकिलो छाती !

२०७० कार्तिक १९ गते १:०२

काठमाण्डु, कात्तिक–अघिल्लो पटक नेकपा संयुक्तबाट समानुपातिक तर्फबाट संविधानसभामा छिरेका तेस्रो लिङ्गी सभासद् सुनिलबाबु पन्त यो पटक कतै आफ्नो भविष्य नदेखेपछि नेकपा एमालेमा प्रवेश गरे । तर उम्मेदवार बनाउने बाचा गरेर पन्तलाई भित्र्याएको एमालेले उनलाई कतै स्थान दिएन । एमालेले हिस्स न किच्च बनाएपछि झण्डै...

जापान–चीनबीच विवाद युद्धका लागि कि शान्तिका लागि ?

२०७० कार्तिक १६ गते ९:२२

काठमाण्डु–चीन तथा जापानबीच हाल पूर्वी चिनियाँ जलक्षेत्रमा रहेका द्वीप समूहका विषयमा विवाद चुलिएको छ । शाब्दिक आदान प्रदानमा ‘‘युद्धको कार्य’’ तथा ‘‘उक्साहटपूर्ण बयान’’ सम्मका भनाइ आउन थालेका छन् । यसबीच अन्तर्राष्ट्रिय समुदाय विश्वका दोस्रो तथा तेस्रो ठूलो अर्थतन्त्रबीचको यस विवादलाई नजिकबाट नियाली रहेका छन्...

दलका घोषणापत्र भन्छन्–पञ्चशील, असंलग्नता र राष्ट्रसङ्घको वडापत्र अन्तर्राष्ट्रिय सम्बन्धको मूल आधार

२०७० कार्तिक १० गते १४:१५

प्रमुख तीन राजनीतिक दल एनेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) तथा मधेसवादीलगायत साना पार्टीले पञ्चशील, असंलग्नता र संयुक्त राष्ट्रसङ्घको वडापत्रलाई मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको मूल आधार मानेका छन् । दलहरूले आसन्न संविधानसभा निर्वाचनमा जनतासँग भोट माग्ने मुख्य आधार एवम् आफ्ना नीति तथा कार्यक्रम  समेटेर...

एनआरएनको बिश्व सम्मेलन र नेपाली जनताको आन्दोलनको प्रश्न

२०७० कार्तिक १० गते १:३५

कुनै पनि संस्था संचालनको लागि मुख्य बिषय नीति हो । नेतृत्व भनेको सहायक हो । एनआरएन विश्व सम्मेलनल पारित गरेकोे नीतिले सम्पूर्ण प्रवासी नेपालीहरुको साझा भन्ने नारालाई त्याग्दै  आफ्नै वर्गको वरीपरी घुम्ने खालको नेतृत्व केन्द्रित भएर विश्व सम्मेलन सम्पन्न गरेको छ । यो सम्मेलनले...

निर्वाचन रोकिएपछि मालद्वीपमा अन्यौलता

२०७० कार्तिक ९ गते १३:३२

काठमाण्डु– अघिल्लो दिनसम्म निर्वाचनको तयारी गरेको मालद्वीपमा अदालतको आदेश अनुसार प्रहरीले निर्वाचन रोकेपछि अन्यौलतासँगै राजनीतिक चलखेल बढेको छ । गत वर्षदेखि राजनीतिक विद्रोहको चपेटामा परेको यस देशमा गत शनिबारका लागि आह्वान गरिएको राष्ट्रपति पदको दोस्रो निर्वाचन अनिश्चित बनेपछि त्यो राजनीतिक दाउपेचले मालद्वीपले विश्वकै ध्यान...

निर्वाचन घोषणापत्रमा निःशुल्क शिक्षाका कुरा

२०७० कार्तिक ९ गते १०:४०

काठमाण्डु– मुख्य तीन पार्टीले आफ्नो घोषणापत्रमा शिक्षा सबैको मौलिक हकका रुपमा आत्मसात् गर्दै आधारभूत शिक्षालाई अनिवार्य र कक्षा १२ (दश जोड दुई) सम्मको शिक्षालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नेमा प्रतिबद्धता जनाएका छन् । अघिल्लो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको एकीकृत नेकपा (माओवादी) ले घोषणापत्रको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us