एनआरएनको बिश्व सम्मेलन र नेपाली जनताको आन्दोलनको प्रश्न

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १:३५ मा प्रकाशित

Dadhi-Raj-Ghimireकुनै पनि संस्था संचालनको लागि मुख्य बिषय नीति हो । नेतृत्व भनेको सहायक हो । एनआरएन विश्व सम्मेलनल पारित गरेकोे नीतिले सम्पूर्ण प्रवासी नेपालीहरुको साझा भन्ने नारालाई त्याग्दै  आफ्नै वर्गको वरीपरी घुम्ने खालको नेतृत्व केन्द्रित भएर विश्व सम्मेलन सम्पन्न गरेको छ । यो सम्मेलनले एनआरएन भित्रको ध्रुवीकरणलाई स्पष्ट खाका तयार पार्न सफल भयो । सामाजिक संगठन भनेर ढोंङ गर्ने संगठनमा राजनैतिक लवि हावी हुनुले यो संस्थाको धोति राम्रैसँग खुस्किन पुग्यो । बिस्तारै यो संस्था बिषेशतः नेपाली काँग्रेस र एमालेको छाता संगठनकोरुपमा बिकसित हुदै गईरहको बिषयमा अब कसैले नकार्न सक्ने स्थिति छैन ।

एनआरएन भित्रको होडबाजी भनेको राष्ट्रिय पुँजिपतिहरुको हावी हुनेकी दलाल पुँजिपतिहरुको हावी हुने भन्ने बिषयको अन्तरसंघर्ष नै अर्को पाटोको सुरुआत हो । यो अधिवेसनले एनआएनको नेतृत्व हुनकालागि चाहिने योग्यतामा गरेको निर्णयले अब विश्वमा काम गरी खाने मजदुरवर्गहरु तिमीहरु आफ्नै संगठनको निर्माण गर भन्ने सन्देश दिएको छ । यो संस्था भनेको पुँजिवादीहरुको क्लब मात्रै हो । तिमी मजदुरहरुको पसिना हामीलाई गनाउँछ भनेर भनिएको हो । अब विश्वभरीका मजदुरहरु यो संस्थामा रहिरहनु पर्ने छैन भन्ने औचित्यको पुष्टि यो विश्व सम्मेलनले गरेको छ । सम्मेलन भएको हप्तामा नै एनआरएनको महत्वपूर्ण पदमा जितेकाको नाम एउटा साप्ताहिकले मानव तस्करको भनेर भनिरहँदा त्यही ब्यक्ति यो संस्थामा निर्वाचित हुन पाउने कस्तो संस्था रहेछ भन्ने आधारले पनि यो संस्थाको बिषयमा औंला ठडिदा प्रवासी नेपालीहरु नतमस्तक हुनु भन्दा अरु केही छैन । त्यहाँ कुनै स्पष्टिकरण सोधिने कुनै कार्वाही हुने ब्यवस्था नै छैन जे गरे पनि छुट निर्वाचनमा उठ्नकालागि विधान संसोधन गरेर नेतृत्व तहमा एउटा वर्गकोलाई घुमाई राख्ने ब्यवस्था गर्नेले मानव तस्कर, श्रम शोषण जस्ता गहन आरोपिहरुलाई किन प्रवेश निषेध गर्न सकेन एउटा प्रश्न खडा भएको छ ।
बिश्व भरि रहेका मजदुर वर्गिय प्रवासी नेपालीहरुले यो संस्थाको बिषयमा टाउको दुखाईरहनु पर्ने छैन किनकी यो संस्थामा मजदुरहरुलाई प्रवेश निषेध गरिएको छ ।

नेपाली जनताले गरेको आन्दोलनमा संपूर्ण नेपाली जनताको मुक्तिको प्रश्न थियो  । प्रवासमा रहेका नेपालीहरुकोलागि पनि थियो त्यो आन्दोलन । त्यसैले संविधान निर्माणकोलागि हुने चुनावमा प्रवासी नेपालीहरुको मागलाई पनि स्पष्ट पार्न खोजिएको हो । यो कुनै एनआरएन आन्दोलनको प्रतिफल हुनै सक्दैन । विदेसिनुको मुख्य कारण नेपाली साशन पद्धती जनताप्रति अनुदार हुनु र राज्यको थिचोमिचो नै हो भन्नेमा प्रष्ट हुन जरुरी छ । प्रवासी नेपालीहरुले उठाउँदै आएको मागलाई आगामी संविधान निर्माणमा लागु गर्न सक्ने आधारहरु कुन पार्टीले आफ्नो घोषणापत्रमा समेटेको छ भन्ने बिषयमा बहस केन्द्रित गर्नुपर्नेमा अतिथिकोरुपमा बोलाएर पार्टीको नेतृत्वलाई बेईज्जत गर्न कोशिस गर्नेहरुले एकपटक आफ्नो विगत तर्फ फर्कने हो की । हामी बेल्जियम तथा यूरोपको बिभिन्न देशको गल्ली गल्लीमा नेपाली जनताको मुक्तिको पक्षमा नारा घन्काउदा तपाई माहानुभावहरु कुन बारमा डिस्कोमा रम्नु भएको थियो हामीसँग अहिले पनि रेकर्डहरु छन् । विदेशमा आएर राजनीति गर्ने भनेर हामीलाई होच्याउने तपाईहरु होईन ? ज्ञानेन्द्रको शासनकालमा के तपाई कुनै कार्यक्रमको आयोजना गर्न सक्नुभयो ? राजतन्त्रको बिरुद्धमा कुनै बिज्ञप्तिसम्म दिन नसक्ने अनि ठूला कुरा गर्ने तपाईहरु एनआरएनको भेषमा फेरी पनि नेपाली जनताको परिवर्तनको चाहना बिरुद्ध जाल बुन्दै हुनुहुन्छ भन्नेमा सबै सचेत छन् । नेपाली जनता निरुकुंशको जाँतोमा पिसिँदा दास युगका वादशाह जस्तै रक्सीको चुस्किमा रम्दै हाँस्ने तपाईंहरुको ईतिहास हो भन्ने बिषयमा कसैले भुलेका छैनन् । एउटा अवला नारीलाई श्रम शोषण गर्ने, उस्को परिचयपत्रलाई कब्जामा राख्ने अनि आफूलाई चाहि नेपाली नागरिक निरन्तरताको ठूलो महिसा संझने ? स्यालको भेषमा ब्वाँसो बनेर नेपालीहरुलाई भ्रम पार्न खोज्ने नेपालमा बस्ने नेपालीहरुको पक्षमा काम गरेको छु भनेर नाक ठाडो बनाउनेको नाक काटिएको पत्तै नपाउनेले प्रश्न गर्ने ? तपाईंहरु महलमा बसेर शहिदको झुप्रोमा झाकेर हेर्नु भएको छ ? तपाईको महल कति फिक्का देखिन्छ । घाईतेको आत्मा छाम्नु भएको छ, उ के चाहान्छ ? तपाईको लगानी अथवा अग्रगामी परिवर्तन । कार्यक्रमको बिषय प्रसंग भन्दा बाहिर गएर तपाई एनआरएन भन्नेहरु क्रान्तिको कुरा गर्ने ? क्रान्ति के किन जरुरत हुन्छ भन्ने बिषयको कखरा नजान्नेहरु नेपाली जनताको परिवर्तका बाहकहरुका बिरुद्ध लाग्ने नि कोहि हिसाव किताव माग्ने रे ! भ्रष्टाचार गरेको भए एनआरएनले गएर अख्तियारमा मुद्दा हाले भयो नि हिम्मत भए । तपाईहरु भ्रष्टाचारीलाई फूलको माला किन्नलाई लगानी गर्नु हुन्छ अनि भ्रष्टाचारको कुरा उठाउने ? एनआरएनहरुले नेपाली जनतासँगको घनिष्टतालाई यसरीनै बिगार्दै जाने हो भने नेपाली जनताले एक दिन एनआरएनको लगानि बहिष्कार गर्ने दिन नआउला भन्न सकिदैन ।

अहिलेको मुख्य अन्तरसंघर्ष भनेको एनआरएनहरुले नेपाली जनता प्रति हेर्ने दृष्टिकोण नै हो । नेपालमा विकासको लहर सिर्जना गर्दै जानेक्रममा एनआरएनहरुको नेपाली जनतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेन भने एनआरएनको लगानीले मात्रै नेपाली जनताको दुरी घटाउन सक्ने छैन । काम कुरो एकातिर कुम्लो बोकी कता तिर भनेजस्तै अहिले संविधानसभाको चुनावमा देश होमिरहेको बेलामा कुन पार्टीको घोषणापत्रले नेपाली जनताको जिवनस्तरमा सुधार ल्याउन सक्छ, कस्तो राज्य प्रणालीको खाँचो छ, नेपालमा हामी विदेशको अनुभव के हो ? हामी प्रवासी नेपालीहरुले माग गर्दै आएको मुख्य माग एकपटकको नेपाली सँधैको नेपाली भन्ने माग कुन पार्टीको घोषणा पत्रले समेटेको छ भन्ने बिषयमा बहस केन्द्रित गरौं । मुख्यत नेपालका तीन पार्टीहरुको घोषाणा पत्रमा कसरी समेटिएको छ त हेरौं एकीकृत नेकपा माओवादीले प्रतिबद्धता पत्रको पेज १८ मा स्पष्ट भनेको छ, ‘गैरआवासीय नेपालीहरुको नेपाली नागरिकतालाई निरन्तरता दिइने छ ।  नेपाली श्रमिकहरुको सङ्ख्या ठूलो भएका देशहरुमा अनिवार्यरुपमा श्रम सहचारीको व्यवस्था गरिने छ । नेपाली दूतावास र नियोगहरुलाई आर्थिक कुटनीतिको क्षेत्रमा विशेष सकृय गराइने छ । विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपालका राष्ट्रिय महत्वका निर्वाचनमा मतदानको व्यवस्था गरिने छ ।’

नेकपा एमालेले आफ्नो घोषणा पत्रमा भनेको छ,

‘गैह्र आवासीय नेपाली विश्वको बिभिन्न भुभागमा छरिएर रहेका गैह्र आवसीय नेपालीहरुलाई सदभावना दुतकोरुपमा सम्मान गर्दै उनीहरुको सिप, साधन, श्रोत र अनुभवलाई राष्ट्र निर्माणमा साझेदारी बनाउन पहल गर्ने । उनीहरुलाई नेपालमा सहज ढंगले लगानी गर्न पहल गर्ने । लगानीको प्रतिफल फिर्ता लैजाने र आर्थिक कृयाकलापमा सहज तुल्याउन आवश्यक ब्यवस्था गर्ने । गैह्र आवासीय नेपालीहरुलाई अरु नेपाली नागरीक सरह आर्थिक, सामाजिक र सम्मानको ब्यवस्था गर्ने । गैह्र आवासीय नेपाली नागरिकता पत्र प्रदान गर्ने ।’

नेपाली कांग्रेसले आफ्नो घोषणापत्रको पेज १३ मा भनेको छ,

‘गैह्र आवासीय नेपालीहरुको नेपाली नागरिकतालाई निरन्तरता दिईने छ । साथै बिभिन्न पेशा, श्रम, अध्ययन वा बिभिन्न ब्यवसायको सिलसिलामा नेपाल बाहिर रहेका नेपालीहरुको मतदानको अधिकारलाई सुनिश्चित गरिने छ ।’ तर पेज ५४ मा लेखिएको छ, ‘एकपटकको नेपाली सँधैको नेपाली भन्ने भावनाको विकास गर्दै संसार भरी पैmलिएका नेपालीहरुलाई आफ्नो मातृमूमिसंग आवद्ध गर्न बिभिन्न नीति र कार्यक्रम र कानुको ब्यवस्था गरिने छ । जन्मको आधारमा र वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरी विदेशिएका नेपालीहरुलाई उपयुक्त ब्यवस्था गरी आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार रहने गरी गैह्र आवासीय नेपाली नागरिकताको प्रवन्ध गरिने छ ।’
कांग्रेसले माथिको बुदालाई अर्को पेजमा आएर उल्ट्याको छ । भ्रमको पनि सिमा हुन्छ । यो अहिले पाईरहेको दसबर्षे कार्ड नै हो । नयाँ केहि छैन । एमाओवादीले स्पष्टसँग ‘नागरिकतालाई निरन्तरता दिइने छ’ भनेको छ । एमालेले गैह्र आवसिय नेपाली नागरीकता पत्र प्रदान गर्ने जुन ब्यवस्था अहिले पनि छ । एनआरएन परिचयपत्र दुतावासमा गएर अहिले पनि लिन सकिन्छ ।

सिधै प्रवासी नेपालीहरुलाई उल्लु बनाएका छन् काँग्रेस र एमालेले । प्रवासमा रहेका काँग्रेस र एमालेमा विश्वास राख्ने एनआरएनहरुको धारणा के हो स्पष्ट पानु पार्यो । नेपाली कांग्रेसको धारणा संपुर्णरुपमा घोर दक्षिणपन्थी रहेपनि प्रवासी नेपालीहरुको नागरिकतामा एमाओवादीको कपि गरे पनि पछिल्लो पेजमा प्रवासी नेपालीहरुले अहिले प्राप्त गरेको दश बर्षे एनआरएन कार्डको ब्यवस्थाको निरन्तरतामा जोड दिएको छ । उस्को घोषणापत्रमा विदेशमा रहेका श्रमजिवी नेपालीहरुको बिषयमा मौन छ । केहि दलाल पुंजिपतिहरुको मागलाई झाराटारे जस्तो देखिन्छ । अब नेपाली काँग्रेस र नेकपा एमालेमा लागेका प्रवासी नेपालीहरुले आगामी चुनावमा कस्लाई जिताउने भन्ने बिषयमा सोच्न बाध्य भएका छन् ।

एमाओवादी नेताको बिरुद्धमा एनआरएनको सम्मेलनमा अभद्ररुपमा प्रस्तुत हुदै संपुर्ण प्रवासी नेपालीहरुको मानमर्दन गर्ने विदेशमा तपाईहरु कुन राजनीतीमा लाग्नु भएको छ स्पष्ट छ । अब तपाई तपाईहरुकै मागको बिषयमा तपाईकै नेताहरु किन बिमुख भए भनेर प्रश्न गर्नुहोस् । पार्टीको गलत बिचारको फुर्को समातेर बैतरणी तर्ने प्रयास नगर्नुस् । काँगे्रस– एमाले भन्ने पार्टीलाई छोडेर तपाई भित्र थोरै भए पनि रहेको क्रान्तिप्रतिको विश्वासलाई सहयोग गर्न एकीकृत नेकपा माओवादीमा आउनुहोस् । नेपालमा समाजवादी ब्यवस्था ल्याउन सँगै लडौंला ।

नेपालमा त चुनावकै मुखमा पनि एकीकृत माओवादीमा प्रवेशको लहर छ । प्रवासमा पनि यो लहरको प्रकृया सुरु हुन थालेको छ । एकीकृत नेकपा माओबादीलाई जिताउन सँगै हिँडौ । प्रवासी नेपालीहरुले उठाउदै आएको मागलाई लागु गर्न जोड गरौं । कि तपाई घोर दक्षिणपन्थि बिचार तर्फ लाग्नुस् तर बिचमा बस्ने बेलाको अन्त भईसक्यो । तपाईहरुले विदेशमा बसेर एकपटकको नेपाली सँधैको नेपाली भन्ने हैसियत गुमाउनु भएको छ । एनआरएनको फोरममा यो बिषय उठाउनु भयो भने तपाईहरु उल्लु ठहरिनु हुने पक्का छ । तपाई नाजवाफ हुनुपर्ने छ । त्यसैले प्रवासमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेमा आस्था राख्नेहरुले एमाले र नेपाली कांग्रेस त्यागको घोषणा बाहेक विकल्प केही छैन । ति पार्टीहरु भित्र रहेका परिवर्तनका पक्षधरहरुले पनि यो बिषयमा अध्ययन गर्न जरुरी छ । सबै प्रवासी नेपालीहरुले नेपालको परिवर्तकारी र प्रवासी नेपालीहरुको हकहितको स्पष्ट खाका लिएर आएको पार्टी एकीकृत नेकपा माओवादीलाई दुईतिहाई बहुमतको लागि जोड गरौं । नेपालमा भएका आफ्ना आफ्न्तहरुलाई गोलाकार भित्रको हसियाँ हथौडामा भोट हाल्नकोलागि अभिप्रेरीत गरौं । एकपटकको नेपाली सँधैको नेपाली भन्ने नारालाई नेपालको संविधानमा ब्यवस्था गर्न एनेकपा माओवादीलाई जिताउन संपूर्ण क्षेत्रबाट पहल गरौं ।

(लेखक क्रान्तिकारी पत्रकार संघ, यूरोपका संयोजक हुन्)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us