पासाङ र गगन जित हारको तालाचावी सुप्रभाको हातमा

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १:०० मा प्रकाशित

कहिलेकाही संयोग पनि अनौठो बन्दो रहेछ । यस्तै अनौठो संयोग देख्न पाइएको छ, काठमाण्डु निर्वाचन क्षेत्र–४ मा । यो क्षेत्र एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङ र काग्रेस उम्मेदवार गगन थापाका कारण चर्चामा त थियो नै,यसबाहेक काग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएकी सुप्रभाको कारणले पनि थप चर्चित भएको छ ।suprava 1
सुप्रभा उम्मेदवार हुन र उनको चर्चा आउनु स्वभाविक भयो । तर, सुप्रभाले काठमाण्डु–४ को निर्वाचनको परिणामलाई नै फेरबदल पार्न सक्ने हैसियत बनाएकी छिन् । यसरी हेर्दा राजनीतिक रुपमा काठमाण्डु–४को तालाचावी सुप्रभाको हातमा नै छ । यो त राजनीतिक कुरा भयो । अव संयोगको पाटो हेरौ“ न । काठमाण्डु–४ को निर्वाचनको तालाचावी आफ्नो हातमा लिएकी सुप्रभालाई निर्वाचन आयोगले समेत चुनावचिन्ह तालाचावी नै दिएको छ । यो भन्दा अनौठो संयोग के हुन सक्छ ? सुप्रभाको हातको तालाचावी कसरी खुल्ने हो त्यसैमा नै ४ मंसिरको निर्वाचनमा त्यो क्षेत्रको नतिजा आउने छ । Suprava4

 

 

 
संविधानसभा निर्वाचनका लागि काठमाण्डुं(४ मा एमाओवादीका पूर्वजनसेना कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ र नेपाली कांग्रेसका युवा नेता गगन थापा प्रमुख प्रतिस्पर्धी बनेका छन् । उता एमाले उम्मेदवार निर्मल कुइ“केल पनि स्थानीय रूपमा स्थापित र बलिया प्रतिस्पर्धी हुन् ।
महानगरपालिकाका ४ वडा र ४ गाविस रहेको यस क्षेत्रमा ५६ हजार नौ सय ५४ मतदाता छन् । महानगरका १, ७, ८ र ३३ वडा तथा कपन, महांकाल, चपली र चुनिखेल गाविस छन् । अघिल्लो निर्वाचनमा ६२ हजार नौ सय ६७ मतदाता भएकोमा ३७ हजार पाच सय ८१ मत खसेको थियो । महानगरमा मतदाता घटे पनि कपनलगायत गाविसमा भने बढेका छन् । यस क्षेत्रमा निर्णायक मत महानगरको ७ नम्बर वडा र कपन गाविसमा छन् । कपनमा सबैभन्दा बढी १४ हजार नौ सय ६७ मतदाता छन् । ७ नम्बर वडामा १२ हजार नौ सय ९७, वडा नम्बर १ मा तीन हजार दुई सय १२, वडा नम्बर ८ मा चार हजार सात सय ३४ र वडा नम्बर ३३ मा सात हजार तीन सय ८६ मतदाता छन् । वडा नम्बर १ मा दरबारमार्ग, कमलपोखरी, नक्साल, ७ मा चावहिल, ८ मा गौशाला, गुह्येश्वरी र ३३ मा मैतीदेवी, चारखाल, नारायणचौर पर्छ ।
महांकाल गाविसमा ६ हजार ६ सय ६३, चपलीमा ४ हजार दुई सय ६ र चुनिखेलमा दुई हजार सात सय ८९ मतदाता छन् । यस क्षेत्रमा ३१ मतदान स्थल मा ७७ वटा मतदान केन्द्र छन् ।
यस क्षेत्रमा पासाङ, थापा र कुइ“केलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिस्पर्धामा कुइ“केल अलि पछि देखिएका छन् । घिमिरे र राप्रपा नेपालका उद्धव पौडेल पनि चर्चामै छन् । पासाङको कपन, थापाको ३३ नम्बर वडा र कुइ“केलको ८ नम्बर वडामा बढी पकड रहेको मानिन्छ । पासाङ लामो समयदेखि कपनमा बस्दै आएका छन् भने थापा ३३ नम्बर वडामा  र कुइ“केल ८ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । उनीहरू ७ नम्बर वडाका मतदातालाई आफूतिर तान्न चाहन्छन् ।
पार्टी संगठन एमाओवादीको गाविसतिर र कांग्रेस र एमालेको महानगरतिर बलियो मानिन्छ । माओवादीले महानगरतिर पनि विस्तार गरिरहेको छ । संगठनका हिसाबले तीन वटै पार्टी प्रतिस्पर्धी मानिन्छन् । अघिल्लो निर्वाचनपछि माओवादीले संगठन विस्तार गरेको छ । अघिल्लो निर्वाचनमा सुप्रभालाई सहयोग गरेका कपनका कांग्रेसका केही कार्यकर्ता दुई वर्षअगाडि पासाङबाट टीका लगाएर एमाओवादीमा छिरेका थिए । चुनिखेल,चपलीतिर अघिल्लो निर्वाचनमा बुथ प्रतिनिधि राख्न नसकेको एमाओवादीले अहिले राम्रो अवस्था बनाएको माअ‍ोवादी कार्यकर्ताहरु बताउछन् । एमालेका पूर्वजिल्ला अध्यक्ष गोविन्द अधिकारी पनि अहिले एमाओवादीमै छन् ।
पासाङ माओवादी जनयुद्धका सैन्य कमान्डर हुन् । शान्तिप्रक्रिया टुंग्याउनमा उनको महŒवपूर्ण भूमिका छ । १८ महिनाअगाडि दुवै मिर्गाैलाले काम नगर्ने अवस्थामा पुग्दा पनि उपचारका लागि विदेश जान अस्वीकार गरेपछि उनी थप चर्चामा आएका थिए । कांग्रेसका युवा नेता थापा जनआन्दोलनपछि चर्चामा छन् । एमाले उम्मेदवार कुइ“केल एमालेका काठमाण्डुका अध्यक्ष हुन् । ८ नम्बर. वडामा उनको राम्रो पकड मानिन्छ । पासाङ र थापाको प्रतिस्पर्धाबाट फाइदा उठाउने दाउमा उनी देखिएका छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसकी सुप्रभा घिमिरेले १३ हजार चार सय ५१ मत ल्याएर जितेकी थिइन् । एमालेकी विद्या भण्डारी नौ हजार आठ सय ४२ र माओवादीका पवनमान श्रेष्ठ नौ हजार दुई सय २५ मत ल्याएर दोस्रो र तेस्रो भएका थिए ।Pasang-Gagn-Final
थापाका लागि सुप्रभा घिमिरे मुख्य चुनौती बनेकी छिन् । घिमिरेले प्रत्येक वडा र गाविसमा सम्पर्क कार्यालय खोलेर भोट माग्दै हि“डिरहेकी छिन् । अघिल्लो निर्वाचनमा घिमिरेले सो क्षेत्रबाट जितेकी थिइन् । गत चुनावमा जितेकी सुप्रभाको तालचावीले गगनलाई सवैभन्दा अफ्ठ्यारो पारेको काग्रेसवृतमा बहस छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us