काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको स्विकार गरेका छन । इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको तर्क...
काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिन फेरि निर्देशन दिएका छन । बागमतीमा संसदीय दलको नेताबाट पराजित भएका लामालाई सभापति देउवाले बिहीबार बोलाएर राजीनामा दिन निर्देशन दिएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, १६ साउन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनु पर्ने बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो...
काठमाण्डू, १६ साउन– बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिदाँ एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले...
काठमाण्डू, १६ साउन– उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन । आज (शुक्रबार) खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उर्जामन्त्री खड्काले यस्तो बताएका हुन । साथै...
काठमाण्डू, १६ साउन– संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको यो पहिलोपटक हो । बिहिबार इकोसकको अध्यक्षता सम्हाल्दै राजदूत थापाले यो नेपालका...
काठमाण्डू, १६ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू भएको छ । बैठक केहीबेर अघिदेखि पार्टी मुख्यालय पेरिसडाँडामा केहिबेर अधि मात्रै सुरु भएको एक नेताले जानकारी दिएका छन । आजबाट सुरु बैठक ३ दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।...
काठमाण्डू, १६ साउन– प्रहरीले अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शितगंगा नगरपालिका–१२ बस्ने ३६ वर्षीय संदिपबहादुर कामीलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । कामीबाट बारुदजस्तो देखिने वस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्राहरूसमेत बरामद...
काठमाण्डू, १६ साउन– निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ । निर्वाचन आयोगले आज (शुक्रबार) एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि...
काठमाण्डू, १६ साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबिच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ आज (शुक्रबार) बाट खुला आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ । यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी भई राष्ट्र...
काठमाण्डू, १६ साउन– व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि समस्या समाधानका लागि अन्तिम आयोग बनाइएकाले त्यसका लागि आवश्यक कानुन छिटो तर्जुमा गरिनुपर्ने बताएका छन । आज ( शुक्रबार) प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले यस्तो...
काठमाण्डू, १६ साउन– कपिलवस्तुमा नुहाउन गएका दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका–५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरी रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ कपिलवस्तु नगरपालिका–१० स्थित बिकुली खोलामा नुहाउने क्रममा उनीहरुको मृत्यु...