खोलामा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

काठमाण्डु टुडे २०८२ साउन १६ गते १२:४६ मा प्रकाशित

काठमाण्डू, १६ साउन– कपिलवस्तुमा नुहाउन गएका दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका–५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ कपिलवस्तु नगरपालिका–१० स्थित बिकुली खोलामा नुहाउने क्रममा उनीहरुको मृत्यु जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

खोलामा नुहाउने क्रममा बिहीबार साँझ उनीहरुको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिएका छन ।

घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा दुवै जनाको शव निकालिएको प्रहरी निरीक्षक जिसीले जानकारी दिएका छन । प्रहरी निरीक्षक जिसीका अनुसार मृतक दुवै किशोरको शव पोस्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us