भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १६ गते १३:२२ मा प्रकाशित

काठमाण्डू, १६ साउन– प्रहरीले अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शितगंगा नगरपालिका–१२ बस्ने ३६ वर्षीय संदिपबहादुर कामीलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

कामीबाट बारुदजस्तो देखिने वस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्राहरूसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us