समाचार

शीतलनिवासमा राष्ट्रपतिसँग रिसाए ओली

२०८२ साउन १७ गते २१:११

काठमाण्डू, १७ साउन– प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । राष्ट्रपति भेट्न ओली शनिबार शीतलनिवास पुगेका थिए । भेटमा समसामयिक विषयवस्तुमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । भेटका क्रममा ओलीले आइतबारबाट सुरु हुने आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी दिए...

सेकुवा सेन्टरमा किशोरीको चक्कु प्रहार गरी हत्या

२०८२ साउन १७ गते १४:५९

कैलाली, १७ साउन– कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा किशोरीको हत्या भएको छ । राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा कार्यरत १७ वर्षीया याचना सेजुवालको शनिबार चक्कु प्रहार गरी हत्या भएको हो । प्रहरीका अनुसार सेजुवाल बर्दगोरिया गाउँपालिका–३ की बासिन्दा हुन् । हत्यामा याचनासँगै काम गर्ने बर्दगोरिया–१...

संखुवासभामा बस दुर्घटना, १४ घाइते

२०८२ साउन १७ गते १४:५०

संखुवासभा, १७ साउन– संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा२प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी...

देउवा सबै दलको अभिभावक बन्न सक्नुपर्छः कोइराला

२०८२ साउन १७ गते १२:४४

विराटनगर, १७ साउन– कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सबै दलका नेताको अभिभावक भएर प्रस्तुत हुन सुझाएका छन । विराटनगरमा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै कोइरालाले देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता नेपाली राजनीतिमा कोही नभएकाले उनले सबै नेतासँग संवाद र...

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’

२०८२ साउन १७ गते ११:२०

बागलुङ, १७ साउन- बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ...

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

२०८२ साउन १७ गते ११:१८

म्याग्दी, १७ साउन–म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन् । ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा छन् । म्याग्दीको सदरमुकाम बेनी...

८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

२०८२ साउन १७ गते ११:१६

 गाईघाट, १७ साउन- उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले...

भैँसी लोड गरिएको ट्रक लेदोमा फसेपछि मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध,

२०८२ साउन १७ गते ११:१४

सिन्धुली, १७ साउन– मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।  सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो । गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । उनका...

तीन प्रदेशमा भारी वर्षा

२०८२ साउन १७ गते ७:१५

काठमाण्डू, १७ साउन– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ रहेको छ । पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भएको छ । सिन्धुपाल्चोकको मानेखर्कमा ५४.२ भोटाङमा...

नेपाल चीनबीच सम्बन्ध थप समृद्ध बनेको छ:ओली

२०८२ साउन १६ गते २२:०२

काठमाण्डू, १६ साउन–प्रधानमन्त्री केपी ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन् । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री...

सिन्धुलीमा रूखले किच्दा दुई जनाको मृत्यु

२०८२ साउन १६ गते २१:५७

सिन्धुली, १६ साउन–सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रूखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रूख टहरामा खसेको थियो । घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीया शन्ता...

प्रधानमन्त्री र मन्त्रीहरुको तलब भत्ता बढाउने सरकारको तयारी

२०८२ साउन १६ गते २१:५१

काठमाण्डू, १६ साउन– सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको तलबभत्ता बढाउने गरी ऐन संशोधन गरेको छ । तलब भत्तामा वृद्धि गर्न मन्त्रिपरिषदले मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन ०४९ माथि केही नेपाल ऐन संशोधन गरेको हो । उक्त ऐनको दफा ३ मा प्रधानमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक सम्बन्धी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us