समाचार

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

२०८२ साउन १८ गते १३:४८

काठमाण्डू, १८ साउन– पर्सामा श्रीमाले कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेका छन । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पर्साको जिराभवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझीलाई प्रहरीले पक्राउ गरेको हो...

अहिले मन्त्री बन्ने रहर छैन, तर २०८४ पछि देश नेतृत्व गर्ने चाहना छः चन्द्र भण्डारी

२०८२ साउन १८ गते १३:३५

काठमाण्डू, १८ साउन– कांग्रेस नेता डा. चन्द्र भण्डारीले अहिले मन्त्री बन्ने रहर नरहेको तर ०८४ पछि देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन । हिजो (शनिबार) युथ भिजन नेटवर्कको आयोजनामा कुपन्डोलस्थित वेस्टमिनिस्टर कलेजमा आयोजना गरेको ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रममा बोल्दै कांग्रेस नेता भण्डारीले...

सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ

२०८२ साउन १८ गते १३:१५

काठमाण्डू, १८ साउन– प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय रहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ । उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको...

ललितपुरमा श्रीमाले गरे श्रीमतीको हत्या, श्रीमान पक्राउ

२०८२ साउन १८ गते १३:०३

काठमाण्डू, १८ साउन– ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा श्रीमानले आफ्नै श्रीमतीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले मृतकको श्रीमानलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय निरज खड्गी छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका...

अब एक पटकका लागि नाम, थर र जन्मदर्ता सच्याउन सकिने

२०८२ साउन १८ गते १२:५१

काठमाण्डू, १८ साउन– नेपाली नागरिकले अब व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका राहत पाउने भएका छन । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा...

ठमेलका गुण्डागर्दी गरेको आरोपमा क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

२०८२ साउन १८ गते ११:५२

काठमाण्डू, १८ साउन– प्रहरीले काठमाण्डूको ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठमेलकै ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले...

म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छुः प्रचण्ड

२०८२ साउन १८ गते ११:४७

काठमाण्डू, १८ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन । आज (आइतबार) माओवादीको मुख्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध...

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा बाढी, सतर्कता तह पार

२०८२ साउन १८ गते ९:०१

उदयपुर, १८ साउन– उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी...

एमालेमा विद्या भण्डारी पक्षमाथि कारबाही तीव्र

२०८२ साउन १८ गते ८:५७

काठमाण्डू, १८ साउन–एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लागेका नेता कार्यकर्तामाथि कारबाही तीव्र पारेको छ । पछिल्लो समय पार्टीनिकट खेलकुद महासंघका स्थायी कमिटी हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलामाथि कारबाहीको तयारी गरिएको छ । कारबाहीका लागि उनीहरु तीनै जनालाई स्पष्टीकरण सोधिएको छ । महासंघले...

मध्यराति घरबाट निस्किएकी भागिरथी भेटिइनन्

२०८२ साउन १८ गते ८:४६

बैतडी, १८ साउन– बैतडीको सिगास गाउँपालिका–४ रिसाडीकी एक महिला बेपत्ता भएकी छन् । २७ वर्षीया भागरथी साउद तीन दिनदेखि बेपत्ता भएकी हुन् । १५ साउनको राति नगद, गरगहना र कपडा लिएर घरबाट निस्किएकी साउद हादसम्म सम्पर्कमा नआएको पारिवारिक सदस्यहरुले बताएका छन् । उनका श्रीमान...

मन्थलीलाई काठमाण्डू जोड्न वैकल्पिक मार्ग बन्द

२०८२ साउन १८ गते ८:३८

रामेछाप, १८ साउन– सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाण्डू जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ । कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् ।...

माओवादी स्थायी समितिमा एक्लिए जनार्दन, २४ नेताद्वारा माफी माग्न सुझाव

२०८२ साउन १७ गते २१:४२

काठमाण्डू, १७ साउन– नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वविरुद्ध लक्षित अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् । शनिबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा केही पदाधिकारीसहित २४ नेताले धारणा राखेका थिए । बैठकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us