मध्यराति घरबाट निस्किएकी भागिरथी भेटिइनन्

काठमाण्डु टुडे २०८२ साउन १८ गते ८:४६ मा प्रकाशित

बैतडी, १८ साउन– बैतडीको सिगास गाउँपालिका–४ रिसाडीकी एक महिला बेपत्ता भएकी छन् ।

२७ वर्षीया भागरथी साउद तीन दिनदेखि बेपत्ता भएकी हुन् । १५ साउनको राति नगद, गरगहना र कपडा लिएर घरबाट निस्किएकी साउद हादसम्म सम्पर्कमा नआएको पारिवारिक सदस्यहरुले बताएका छन् ।

उनका श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन् । भगिरथीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us