पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १८ गते १३:४८ मा प्रकाशित

काठमाण्डू, १८ साउन– पर्सामा श्रीमाले कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेका छन । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

पर्साको जिराभवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् जितनले वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जितनलाई प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us