ललितपुरमा श्रीमाले गरे श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १८ गते १३:०३ मा प्रकाशित

काठमाण्डू, १८ साउन– ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा श्रीमानले आफ्नै श्रीमतीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले मृतकको श्रीमानलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय निरज खड्गी छन् ।

उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन ।

शनिबार बेलुका दुबै जनाले मदिरा पिएको र त्यसपछि विवाद भएपछि हत्या गरेको पाइएको एसएसपी अधिकारीले जानकारी दिए । निरजले कमलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले नै श्रीमान निरजलाई घेरा हालेर राखेको अवस्थामा प्रहरी पुगेर पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us