बैतडी, १९ साउन–जंगली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पु-याउने गरेको छ...
काठमाण्डू, १९ साउन–प्रधानमन्त्री केपी ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई पुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत...
काठमाण्डू, १९ साउन– प्रधानमन्त्री केपी ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । ओली नेपाली प्रतिनिधि मण्डलका नेतृत्व गर्दै आइतबार मध्यराति त्यसतर्फ प्रस्थान गरेका हुन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री...
काठमाण्डू, १९ साउन– संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा संघीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ ।...
काठमाण्डू, १९ साउन– कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी सिंहलाई कार्यबाकहको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री केपी ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय...
काठमाण्डू, १८ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएका छन् । पार्टी संसदीय दलमा अल्पमतमा परेका लामालाई राजीनामा दिन सभापति शेरबहादुर देउवाले निर्देशन दिएका थिए । लामाले आइतबार पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा लामाले संवैधानिक हिसाबले आफूमाथि...
काठमाण्डू, १८ साउन– निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग घूस डिल गरेका बिचौलिया सुजन लामालाई एमालेले निलम्बन गरेको छ । लामा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषद् सदस्य थिए । घूस डिल प्रकरणमा बिचौलियाको भूमिकामा देखिएकाले उनलाई निलम्बन गरिएको एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ ।...
काठमाण्डू, १८ साउन– माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरूको आकांक्षा पूरा नहुने बताएका छन् । उनले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसबारे पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरूको कामना पूरा नहुने...
काठमाण्डू, १८ साउन– प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह असली राजा नभएको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहमा उनले शाहलाई कुसको राजाको रूपमा स्थापना गरेको बताए । ‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो ? त्यसपछि एउटा...
काठमाण्डू, १८ साउन– मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय तनहुँ जानकारी दिएको छ । यसअघि ७ भदौ २०८१ मा...
काठमाण्डू, १८ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव...
काठमाण्डू, १८ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर अभिव्यक्ति दिएको बताएका छन् । आइतबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी उपमहासचिव पुनले यस्तो बताएका...