समाचार

काठमाण्डूको प्रज्ञा कुञ्ज स्कुलद्वारा नमुना सङ्घीय संसद् कार्यक्रम आयोजना

२०८२ साउन १९ गते १८:०१

काठमाण्डू, १९ साउन– काठमाण्डको नयाँ बानेश्वर मिलन चोकस्थित काठमाण्डू प्रज्ञा कुञ्ज स्कुलले आफ्ना विद्यार्थीलाई नेपालको संसदीय प्रणालीको व्यवहारिक जानकारी दिनका लागि नमुना सङ्घीय संसद् कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई नेपालको संसदीय प्रणालीबारे बुझाउनुका साथै विद्यार्थीमा राजनीतिक सचेतना बढाउने उद्धेश्यले सङ्‍घीय बहसमा युवा कार्यक्रम...

यसरी हेर्न सकिन्छ १२ कक्षाको नतिजा

२०८२ साउन १९ गते १७:५१

काठमाण्डू, १९ साउन– यस बर्षको कक्षा १२ को नतिजा राष्ट्रिय परिक्षा बोर्डले आज सार्वजनिक गर्दै छ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक जारी छ । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए...

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

२०८२ साउन १९ गते १७:३१

काठमाण्डू, १९ साउन– प्रहरीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–५ घर भएकी ४८ वर्षीया मीना कुँवर रहेकी छन । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो । उनले अमेरिका...

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

२०८२ साउन १९ गते १७:१९

काठमाण्डू, १९ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज सोमबार तुर्कमेनिस्तान पुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४ः ३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको...

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

२०८२ साउन १९ गते १६:५९

काठमाण्डू, १९ साउन– राष्ट्रिय परिक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आजै कक्षा १२ नतिजा सनर्वजनिक गर्न लागेको जानकारी दिए । उनले त्यसका लागि बोर्ड बैठक बस्नेसहितको आवश्यक कार्य भइरहेको बताए । कक्षा...

हात्तीसारमा राप्रपा असन्तुष्ट पक्षको बैठक

२०८२ साउन १९ गते १६:४७

काठमाण्डू, १९ साउन– राष्ट्रिय प्रजातनन्त्र पार्टी (राप्रपा)को असन्तुष्ट पक्षका नेताहरुको बैठक जारी छ । काठमाण्डूको हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा असन्तुष्ट नेताहरूको बैठक बसीरहेको एक नेताले जानकारी दिएका छन । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरू सहभागी छन् । वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम...

माओवादीको केन्द्रीय समिति दशैंपछि, मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ बाट सुरु हुने

२०८२ साउन १९ गते १६:३१

काठमाण्डू, १९ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि बस्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिएका हुन । दशैंपछि तिहार अघि...

जनार्दनजीले आत्मालोचना गर्नुभएको छैनः अग्नि सापकोटा

२०८२ साउन १९ गते १६:२५

काठमाण्डू, १९ साउन– माओवादी केन्द्रले पूर्व मन्त्री एवं पार्टी उपमहासचिव जनार्दन शर्माले बैठकमा आत्मालोचना नगरेको बताएका छन । पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले शर्माको रियलाइजेसन (आत्मालोचना) को मात्रा भने बढेको बताएका छन । उनले भने, ‘आत्मालोचना त गर्नुभएको छैन । तर...

जनार्दन शर्माले पार्टी बैठकको माइन्युटमा हस्ताक्षर गर्ने

२०८२ साउन १९ गते १६:१३

काठमाण्डू, १९ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बैठकको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन । उपमहासचिव शर्माले पार्टी बैठकमा शर्माले माइन्युटमा हस्ताक्षर गर्ने बताएको उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले जानकारी गराए । उनले भने, ‘जनार्दन शर्मा प्रभारको विषयमा...

कुलिङ पिरियडमा दुई बुँदे बटमलाइन राखेर बाहिरिए विपक्षी

२०८२ साउन १९ गते १६:०२

काठमाण्डू, १९ साउन– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले कुलिङ पिरियडमा दुई बुँदे बटमलाइन राखेर विपक्षी दलहरू बैठकबाट बाहिरीएका छन । आज (सोमबार) बिहानैदेखि छलफलमा जुटेका समिति सदस्यहरूमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन...

गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौंः प्रचण्ड

२०८२ साउन १९ गते १५:५२

काठमाण्डू, १९ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन् । आज (सोमबार) स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले भने, ‘पहिलो कुरा...

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति

२०८२ साउन १९ गते १५:४६

काठमाण्डू, १९ साउन– प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता एकता गर्ने निर्णय गरेको छ । आज (सोमबार) पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो निर्णय गरीएको जानकारी दिए । उनले वार्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us