काठमाण्डू, १९ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि बस्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिएका हुन ।
दशैंपछि तिहार अघि केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको जानकारी गराए । उनले भने, ‘केन्द्रीय समितिको बैठक दशैं पछि तिहार अघिको समयमा बस्ने निर्णय भएको छ ।’
त्यस्तै, पोखरासम्म पुगेर रोकिएको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ गतेदेखि सुरु गरेर ताप्लेजुङसम्म पुग्ने निर्णय पनि गरेको उनले जानकारी गराए ।