जनार्दनजीले आत्मालोचना गर्नुभएको छैनः अग्नि सापकोटा

काठमाण्डु टुडे २०८२ साउन १९ गते १६:२५ मा प्रकाशित

काठमाण्डू, १९ साउन– माओवादी केन्द्रले पूर्व मन्त्री एवं पार्टी उपमहासचिव जनार्दन शर्माले बैठकमा आत्मालोचना नगरेको बताएका छन । पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले शर्माको रियलाइजेसन (आत्मालोचना) को मात्रा भने बढेको बताएका छन ।

उनले भने, ‘आत्मालोचना त गर्नुभएको छैन । तर रियलाइजेसनको मात्रा बढेको छ ।’ छलफल गर्दै जाँदा यो विषय टुंगिने पनि उनले बताएका छन । गुट उपगुट र स्वार्थ समूह अन्त्य गर्ने निर्णय बैठकले नै गरेको भन्दै यसमा अल्झन नपर्ने पनि उनले बताए ।

उनले भने, ‘छलफल गर्दै जाँदा यो टुंगिन्छ भन्ने विश्वासमा छु ।’ बैठकमा अधिकांश सदस्यहरूले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।

जवाफका क्रममा शर्माले पार्टी बिग्रेको जिम्मा लिन अध्यक्ष प्रचण्ड तयार भए मात्रै आफू पनि आत्मालोचना गर्न तयार भएको तर्क गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us