अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १९ गते १७:३१ मा प्रकाशित

काठमाण्डू, १९ साउन– प्रहरीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–५ घर भएकी ४८ वर्षीया मीना कुँवर रहेकी छन ।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो । उनले अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ९ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जानाएको छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us