विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति

काठमाण्डु टुडे २०८२ साउन १९ गते १५:४६ मा प्रकाशित

काठमाण्डू, १९ साउन– प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता एकता गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो निर्णय गरीएको जानकारी दिए ।

उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ । ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ, ‘वार्ता टोली बनाएर छलफल थाल्ने छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us