काठमाण्डू, १९ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बैठकको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन ।
उपमहासचिव शर्माले पार्टी बैठकमा शर्माले माइन्युटमा हस्ताक्षर गर्ने बताएको उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले जानकारी गराए । उनले भने, ‘जनार्दन शर्मा प्रभारको विषयमा छलफल धेरै खुला, सिधा र स्पष्ट रुपमा चल्यो ।
राम्रोसँग चल्यो, यसमध्ये उहाँले माइन्युटमा सही गर्नुभएको थिए । उहाँले माइन्युटमा सही गर्छु भन्नुभएको छ ।’ पार्टी नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएका शर्माले यसअघि बैठकका निर्णयमा हस्ताक्षर गरेका थिएनन् ।