प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

काठमाण्डु टुडे २०८२ साउन १९ गते १७:१९ मा प्रकाशित

काठमाण्डू, १९ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज सोमबार तुर्कमेनिस्तान पुगेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४ः ३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री तुर्कमेनिस्तान पुग्दा तुर्कमेनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार (मप) का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरेका छन् ।

साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ त्यसतर्फ गएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us