काठमाण्डू, १८ साउन– मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय तनहुँ जानकारी दिएको छ ।
यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।