माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाण्डु टुडे २०८२ साउन १६ गते १४:३० मा प्रकाशित

काठमाण्डू, १६ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू भएको छ । बैठक केहीबेर अघिदेखि पार्टी मुख्यालय पेरिसडाँडामा केहिबेर अधि मात्रै सुरु भएको एक नेताले जानकारी दिएका छन ।

आजबाट सुरु बैठक ३ दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र आन्तरिक पार्टी जीवनको बारेमा ब्रिफिङ गर्ने बताइएको छ ।

बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने र पार्टीको जागरण अभियानलाई निरन्तरता दिने विषयमा पनि छलफल गर्ने तयारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us