बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

काठमाण्डु टुडे २०८२ साउन १६ गते १५:०० मा प्रकाशित

काठमाण्डू, १६ साउन– बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिदाँ एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले जानएको छ ।

दुर्घटनामा परी मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिएका छन । दुर्घटनामा १३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

घाइतेमध्ये १२ जनाको उद्धार गरी रुपन्देही पठाइएको र बाँकीको चिसापानी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us